जलेश्वरटुडे समाचारदाता
धनुषा, २७ फागुन
मिथिलाको कुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा धनुषाको हनुमानगरमा आइपुगेको छ । मिथिला बिहिरी नगरपालिकाको कचुरीबाट शुरु भएको यो परिक्रमा आज हुनमानगरमा बिश्राम गरी भोलि सोमबार भारतको कल्यानेश्वर पुग्ने छ । यो परिक्रमामा यस वर्ष गत वर्षको तुल्नामा ज्यादै नै साधुसन्त तथा श्रद्धालुहरुको सहभागिता रहेको जानकारहरुले बताएका छन् ।

