
जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ३१ भदौं
जनकपुरधामको एयरपोर्ट रोडमा अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलका विद्यार्थीहरुले जेन—जेड युवा पुस्ताका वीर शहिदहरु प्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
यस विद्यालयले सम्पूर्ण कक्षाका विद्यार्थीहरु,शिक्षक—शिक्षिका तथा कर्मचारीहरुको उपस्थितिमा मंगलबार कक्षा संचालन रहेको बेलामा शोक सभाको आयोजना गरी वीर शहिदहरु प्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । सो सभाको अध्यक्षता विद्यालयको प्रधानाध्यापक प्रा.पवन कुमार साहले गर्नु भएको थियो भने संयोजन संयोजक अंशु ठाकुरले गरेका थिए ।त्यसैगरी प्र.अ.प्रा.अमरेन्द्र झाको अध्यक्षतामा गैलेक्सी से.बो.स्कुलले विद्यार्थी,शिक्षक तथा कर्मचारीहरुको उपस्थितिमा श्रद्धाञ्जलि अर्पण गरे।