
महोत्तरी जिल्लामा आएको बाढीले जलेश्वरमा मात्र करोडौंको क्षति भएको छ । अहिले पनि पानीको बहाब बाटाहरुमा रहेका कारण जनजिवन सामान्य बनेको छैन । बाढीको पानीले सबै खाले सडकलाई आँशिक रुपमा क्षति गरेको छ भने केहि ठाउँहरुमा पूर्ण रुपमा सडक क्षतिग्रस्त भएका छन् । जहिले पनि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर बाढीको चपेटामा पर्ने गरेको कुरा नयाँ होइन । यो घट्ना परम्परागत रुपमा विकास भएको देखिन्छ । जबकी विभिन्न सरोकारबालाहरुबाट यसको बारेमा गहन अध्ययन तथा पानीको बहाबलाई व्यवस्थापन तथा विभिन्न दिशामा वितरण गर्ने बारे गहन छलफल तथा सामाधान खोज्नु पर्ने थियो जुन अहिले सम्म भएको छैन । महोत्तरी जिल्ला भरीमा कैयौं पटक प्रतिनिधि तथा प्रदेश सभा साँसद भएका योग्य जनप्रतिनिधिहरुका ठूलै ईतिहास छन् तर ती जनसेवकहरुले महोत्तरी जिल्लाका खास गरेर जलेश्वर,एकडारा,महोत्तरी,बलवा,मडै,मटिहानी लगायतका ठाउँहरु कसरी बाढीबाट सुरक्षित रहन्छन् सो बारे काम गर्न समय नै पाउनु भएन । वडा विडम्बना छ यस क्षेत्रको । जनता जनाद्र्धन पनि सज्जन र धेरै ईमानदार भएर पनि यस्तो भएको बुझ्न सकिन्छ । जनताको तटबन्ध कार्यालय महोत्तरी पनि जिम्मेबारीमुक्त हुन सक्दैन । जनताको तटबन्ध कार्यालयले स्थलगत रुपमा राम्रोसँग काम गरेको भए तथा उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गरेर तटबन्ध भत्किनु भन्दा पूर्व मरम्मत सँभार गरेको भए यस्तो अवस्था आउने थिएन होला । स्थानिय जनप्रतिनिधि तथा स्थानिय बासिन्दाहरुसँग समन्वय तथा गुनासो सामाधान गर्ने तर्फ अग्रसर भएको भए यस्तो क्षति हुने थिएन होला । अब पनि जलेश्वरमुखि नदिको बहाबलाई विभिन्न नदिसँग जोडेर मोडिएन भने यहाँको जनजिवन अझै दयनिय हुने देखिन्छ ।