मटिहानीमा शान्ति कलश शोभा यात्रा निकालियो – Jaleshwortoday

मटिहानीमा शान्ति कलश शोभा यात्रा निकालियो

 October 15, 2023  
gg

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २८ असोज

मटिहानीमा बडा दशैको अवसरमा विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै शान्ति कलश एवं शोभा यात्रा सम्पन्न गरिएको छ।

श्री आदर्श दुर्गा पूजा समिति मटिहानीको आयोजनामा दुर्गा मन्दिर बाट निस्केको सो शान्ति शोभा यात्राले मटिहानी र मधवापुरको विभिन्न भागको परिक्रमा गरेको थियो ।शोभा यात्रामा दुर्गा भवानीको ९ वटै प्रतिकको झाँकी, बजागजा सहित हजारौको संख्यामा भक्तजनहरु सहभागी रहेका थिए ।

यसै बीच सो शान्ति शोभा यात्राको शुभारम्भ महोत्तरी क्षेत्र नं.३ प्रदेश सभा सदस्यहरु श्अभिराम शर्मा,रानी शर्मा,मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल,महोत्तरी जिल्लाको नि. प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्योपानेले गर्नु भयो ।