गणेश कुमार सिंह
महोत्तरी, १ कार्तिक
र्ईलाका प्रहरी कार्यालय गौशालाले रकम लुटेको आरोपमा एकजना युवकलाई पक्राउ गरिएको छ । असोज ७ गतेका दिन गौशालावजारबाट ६ लाख ३६ हजार रुपैयाँ लुटपाटमा सलग्न सर्लाही जिल्ला मलगवा नगरपालिका ५ मा डेरा लिई वस्दै आएको २९ बर्षिय रमेश सहनीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी निरीक्षक मनोजकुमार यादवले दिएको जानकारी अनुसार सहनीले गौशाला नगरपालिका ११ भरतपुरखोरका सुर्जकला देवी महतोको साथबाट सो रकम लुटिएको आरोपमा पक्राउ गरिएको हो । सहनीलाई गौशाला नगरपालिका ७ को सीमामा पर्ने वाँके खोलाबाट नियन्त्रणमा लिएको हो । ओखलढुगाबाट शम्भु महतोले पठाएको सो रकम गौशालास्थित एनआईसी एसिया वैकबाट निकालिएर घरतर्फ जाने क्रममा सहनीले रकम लुटिएको प्रहरी निरीक्षक यादवले जानकारी दिएका छन् ।
अल्फावेटिकल खुल्न नसकेको ७०५९ नम्बरको मोटरसाईकलमा रकम खोसी भागेको दृश्य सिसिटीभीमा कैद भएको र सो क्रममा अनुसन्धान गर्दा उनलाई पक्राउ गर्न सफल भएको यादवले बताए । प्रहरी नियन्त्रणमा रहेको सहनीउपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।