जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ३ कार्तिक
औरही नगरपालिकाद्वारा दसैंको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
भूतमेलाको नामले चिनिएको औरही नगरपालिकाको वडा नम्बर ७ स्थित सोनामाई मन्दिरमा प्रत्येक वर्ष दसैंको बेला लाग्ने मेलामा औरही नगरपालिकाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएकोमा यस वर्ष पनि पुनः संचालन गरेको हो ।
भुतमेला अर्थात सोनामाई मेलालाई मध्येनजर गर्दै औरही नगरपालिकाद्वारा शुक्रवार देखी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।औरही नगरपालिकाको नगर प्रमुख प्रदीप कुमार खड्काले सो नि:शुल्क स्वास्थ शिविर उदघाटन गरेका हुन् ।
मेलामा आउने व्यक्तिहरुको निःशुल्क उपचार गर्नको लागि उक्त शिविर सञ्चालन गरिएको औरही नगरपालिकाको नगर प्रमुख प्रदिप कुमार खडकाले बताए ।
शिविर ४ दिनसम्म २४ घण्टा नै सञ्चालन रह्ने औरही नगरपालिकाको स्वास्थ संयोजक चन्द्र भुसन झाले बताए ।
मेला हेर्न आएको समयमा कसैलाई कुनै प्रकारको स्वास्थ्यमा समस्या आए शिविरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
वडा ७ का वडा अध्यक्ष जितेन्द्र यादवकोव अध्यक्षतामा भएको उक्त उदघाटन कार्यक्रममा नगर उपप्रमुख रेनु झा, वडा ७का वडा अध्यक्ष जितेन्द्र यादव,वडा ८ का राम अश्रय यादव,वडा १ युगि चौधरी, वडा ३ वडा अध्यक्ष रामकेवल यादव , नगरका स्वास्थकर्मी, स्वयमसेविका,वडा अध्यक्षहरु लागयत स्थानीयहरुको सहभागीता रहेको थियो ।
सोनामाई मेलामा भर्खरै भर्ना भएका नगर प्रहरीहरुले सुरक्षा समेत दिदै आएको छ।साथै नेपाल प्रहरी पनि सुरक्षामा खटिएको छ।