८६ वर्षको उमेरमा सालिन प्रतिभाका धनी साहको निधन – Jaleshwortoday

८६ वर्षको उमेरमा सालिन प्रतिभाका धनी साहको निधन

 ६ कार्तिक २०८०, सोमबार ००:५३  
d543c7c5-6441-4d40-9965-661d87d93df6

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ५ कार्तिक

672cd214-7b8d-4eb3-b82d-1351a04d39a9

८६ वर्षको उमेरमा शुक्रवार रामेश्वर साह लहेरीको निधन भएको छ । हिडडुल गर्न सक्ने साह शुक्रवार विहानै पानी पिउनको लागि ओछयानबाट उठ्न खोज्दा लडेका थिए । सामान्य चोटपटक लागेका साहका परिवारजनले जलेश्वर नजिकको प्रादेशिक अस्पतालमा पुरयाएका थिए ।

d70bc4a0-f156-4d27-ad6b-7d9879e3f1bd

जलेश्वरबाट विशेष उपचारको लागि जनकपुरधाम प्रादेशिक अस्पताल ल्याए पछि त्यहाँ अवस्था राम्रै भए पनि टाउकोको सिटि स्केन गराउन लग्ने बखतमा करिब १२ बजे बिहान अस्पताल परिसरमै निधन भएको थियो । साहको जेठो छोरा पास्टर शिव शंकर साह केहि काम विशेषले भारत गएको कारण आउनमा ढिलाई भएपछि उनको अन्त्येष्ठी आइतबार गरिएको थियो । दिवंगत साहलाई इसाई धर्म र हिन्दु धर्म अनुसार अन्त्येष्ठी गरिएको थियो ।

0a2a5c34-9239-4c70-95e3-3fe915163d34

विभिन्न ठाउँहरुबाट आएका पास्टरहरुले प्रभु येशुसँग प्रार्थना गरी दिवंगत साहको आत्माको चिर शान्तिको कामना गरेका थिए । उपस्थित ईसाइ धर्मावलम्बि तथा परिवारका सदस्यहरुले साहको परोपरकारी मन तथा पुरुषार्थको प्रसंशा गरेका थिए । कान्छो छोरा जय हनुमान साहले बुवा दुःख र सुख दुबैमा हामीहरुको साथ हुनुहुन्थ्यो बताए । स्वर्गीय लक्ष्मी साह र तारा देवीका २ सन्तान मध्ये ज्येष्ठ छोरा हुनु हुन्थ्यो ।

ce366163-d642-4118-82b0-0c20fa7b9a66

निजको कान्छो भाई श्री चन्द्र साह हो । केहि वर्षदेखि डायविटिज रोगबाट ग्रसित भए पनि खानपानमा ध्यान दिए पछि राम्रो अवस्थामा नै हुनु हुन्थ्यो । केहि वर्षदेखि ईसाइ धर्ममा समेत लागेपछि वहाँ अझै आफूलाई ठीक ठान्नु हुन्थ्यो । बच्चादेखि इष्ट मित्र तथा परिवारजनसँग मित्रबत व्यवहार गर्ने आफ्नो काकाको निधनले परिवारको अभिभावकत्व गुमाएको जलेश्वरटुडे दैनिक पत्रिकाको प्रकाशक तथा सम्पादक प्रा.पवन कुमार साहले बताए ।

581ce957-8bd5-4423-a144-63a1b23694b4

वहाँ एक कुशल व्यवसायि,वहुभाषा भाषि,मिहिनेती,निष्ठावान,परोपकारी सफल व्यक्तित्वको हुनुहुन्थ्यो ज्येष्ठ भतिजो बम शंकर साहले बताए । साहको अन्त्येष्ठी जलेश्वर नजिकै रातो पुलको मुनि अन्तिम दागबति दु्ईटै छोराहरुले दिएका थिए । शोकाकुल परिवारलाई सहानुभुति दिन बेलुकी ईसाई धर्माबलम्बिका पास्टरहरु तथा परिवारजनले सतसँग गरी दिवंगत साहको आत्माको चिर शान्तिको लागि प्रभु येशुसँग प्रार्थना गरी वहाँको परोपकारी मन र व्यवहारको बारेमा चर्चा गरेका थिए ।

9bd6edc0-cf16-40ee-a70b-fdab9e722bda

a61eec3b-46e2-43c7-90df-c5dedc0affbf

7362406c-8240-49cd-a49c-107817bc186c

a5e054a3-3846-4f56-aece-75d3990fb810