
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १४ मंसिर
महोत्तरीमा टिपरले एक बालिकाको ज्यान लिएको छ । आइतबार दिउँसो औरही नगरपालिका ८ टिम्कीयाका नगेन्द्र बैठाकी १२ वर्षीया छोरी रोशनी बैठको टिपरले ज्यान लिएको हो ।
खेलिरहेकी बालिकालाई टिम्कीया सडकमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ७ ख ४७३९ नम्बरको अत्यधिक गतिमा गइरहेको टिपरले बालिकालाई आइतबार दिउँसो २ बजे किचेको हो । बालिकाको घटनास्थलमै ज्यान गएको, टिपर र चालकलाई नियन्त्राणमा लिइ थप अनुसन्धान गरिरहेको इलाका प्रहरीले कार्यालय रामगोपालपुरले जनाएको छ । शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ । पछिल्लो समय तराई मधेशका जिल्लामा पुनः टिपर आतंक बढेको छ । गिट्टी बालुवा बोकेर सडकमा अत्यधिक गतिमा छाडा झै टिपर कुदाउँदा अन्य सवारीसाधन तथा पैदल यात्रुलाई सस्या हुन थालेको छ । अत्यधिक गतिमा टिपर कुदाउँदा धुलो उड्नुको साथै सडकमा यात्रुको ज्यान समेत जोखिममा पारेको छ ।