जलेश्वरटुडे समाचारदाता
सिरहा, १३ कार्तिक
नागरिक उन्मुक्ति पार्टीको मधेस प्रदेशस्तरिय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सोमबार लहानको मारवाडी सेवा समितिको सभाहलमा समपन्न भएको छ ।
पार्टीको मधेस प्रदेश अध्यक्ष रामचन्द्र चौधरीको अध्यक्षतामा संचालन भएको सो कार्यक्रममा प्रमुख अतिथि नाउपाको संरक्षक रेशम लाल चौधरी,विशिष्ट अतिथि नाउपाको मधेस प्रदेश साँसद उर्मिला सिंह,केन्द्रिय उपाध्यक्ष राम कुमार महतो,केन्द्रिय सचिव प्रा.पवन कुमार साह,केन्द्रिय सदस्य डा.राजेश चौधरी,मुरारी लाल कर्ण लगायत पार्टीका जिल्ला अध्यक्ष,नगर अध्यक्ष,नेता तथा कार्यकर्ताहरुलाई आसन ग्रहण गराइएको थियो ।
सो कार्यक्रममा संरक्षक चौधरीले आफैले घण्टौं नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षित नेता तथा कार्यकर्ताहरुलाई संरक्षक चौधरीले प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा दर्जनौ व्यक्तिहरुले विभिन्न पार्टीहरु परित्याग गरी नाउपामा प्रवेश गर्नेहरुलाई संरक्षक चौधरीले खाँदा तथा अविर लगाई सम्मान गरेका थिए ।
धनुषाको ढल्केवरमा नागरिक अभिनन्दन
सोही दिन नाउपाको के.उपाध्यक्ष राम कुमार महतोको गृह नगर ढल्केबरमा संरक्षक रेशम लाल चौधरीले स्थानिय नागरिकहरुलाई भेटघाट गरी चाँडै नै मालपोत तथा नापी कार्यालयको उद्घाटन गर्ने आश्वासन दिनुभयो । साथै वहाँले मधेसको थाति रहेका मुद्दाहरुका बारेमा समेत स्थानियहरुसँग साझा गर्दै नाउपा अबको २०८३ र ८४ को चुनावमा जनताले सहयोग गरे मधेसका समस्याहरुलाई म थारु मधेसी भएकोले यसलाई अग्रपंक्तीमा राखी मधेसी शहिदहरुको सपना पुरा गर्ने गराउने बताउनुभयो ।