डाक्टरले चेक जाँच नै नगरि औषधि प्रयोग गर्न लगाउँदा नितु दुवालको मृत्यु – Jaleshwortoday

डाक्टरले चेक जाँच नै नगरि औषधि प्रयोग गर्न लगाउँदा नितु दुवालको मृत्यु

 November 1, 2023  
kkk

गणेश कुमार सिंह
काठमाडौं, १५ कार्तिक

डाक्टरले चेक जाँच नै नगरि औषधि प्रयोग गर्न लगाउँदा नितु दुवालको मृत्यु भएको छ। अनुहारमा आएका एलर्जी चेक जाँच गर्न जादा रगत र एलर्जी परिक्षण बिना नै MINOCIN र ACNETRATE औषधी लेखेर दिएपछि ती औषधी खाएकी र केही दिनपछि ज्वरो, खोकी लाग्न थालेपछि पुन त्यहीं ख्वप अस्पतालमा लिएर जाँदा त्यहीं MINOCIN / ACNETRATE नै औषधी निरन्तर खान लेखी दियो त्यो दिनको अस्पतालको प्रेस्कीप्सनमा डा. नितु मानन्धर नाम लेखेको पाइयो वहाँ छालाको डाक्टर पनि होइन रहेछ साथै फिजिसियन पनि देखाउन भनियो अनि देखाइयो ।

dd

टाइफाईड र ज्वरोको लागि औषधी मात्रै लेखिदियो । ती डाक्टरहरुले लेखि दिएको औषधी खाएर निको हुनुको साटो बान्ता हुने, वाक्कवाक्क हुने, ज्वरो आएर गाह्रो हुन थालेपछि मिति २०८०।४।१४ मा बिहानै ४:०० बजेतिर ख्वप अस्पतालमा इमर्जेन्सीमा लिएर गएपछि तत्काल भर्ना गरियो । भर्ना भएर उपचार हुँदै गर्दा नितुको हालत झन झन खराब हुँदै गयो । औषधीको Reaction हुन सक्ने तर्फ ध्यान कसैले पनि दिएन ।
पछि B&B र त्यसपछि पाटन हस्पिटल पुराइयो। तर कसैको केहि लागेन। उनको निधन भयो । Drug reaction with Eosinophilia and systematic symptoms (DRESS) लाई मृत्युको कारण भनेको छ । जिउका छाला सबै जलेर अत्यन्तै पिडा र कष्टदायी मृत्यु भएको थियो ।
नितुको अकाल मृत्युबरणले पुर्याएको अपुरणीय क्षतिको कुनै पूर्ति हुन्छ भन्ने त्यो हो नितुलाई न्याय । न्याय चाहियो भनेको हो हामीले । नितुको न्यायको लागि सबैले आवाज उठाई दिन हाम्रो बिनम्र अनुरोध छ ।
[ नितुको पिता, माता र दिदी : राध्येश्याम दुवाल, गीता दुवाल र कविता दुवाल ] विभिन्न संचारमाध्यमलाई गुहारेका छन् ।