अर्थतन्त्र कमजोर बनाउने खेल बन्द होस – Jaleshwortoday

अर्थतन्त्र कमजोर बनाउने खेल बन्द होस

 १५ मंसिर २०७७, सोमबार ००:३१  
editorial

अहिले कोरोना कहर नेपालमा नियन्त्रित अवस्थामा रहेपनि भारतसँग जोडिएका सिमानाकाहरु अहिलेसम्म बन्द नै रहेका छन्् । सिमानाका बन्दका कारण अहिले नेपाल—भारत बिचको नातागोता तथा बैबाहित सम्बन्ध प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । सिमानाका बन्दको कारण द्वीपक्षीय सम्बन्ध कमजोर भएको छ । यसबाट जनताको मनमा क्रोध देखिएको छ । किनभने सिमानाका अहिलेसम्म बन्द गर्नुको कुनै औचित्य नरहेको सबैलाई थाहा रहेको छ । सरकारको यस नीतिले मधेसको अर्थतन्त्र नै पूर्णरुपमा कमजोर हुने खतरा समेत बढेको देखिन्छ । किनभने मधेसको खुल्ला सिमाका कारण भारतीय पर्यटक भित्रिनाले यस क्षेत्रमा आर्थिक सबलता थपेको हुन्छ । तर करिब ९ महिनाको बन्दले अहिले सम्पूर्ण तराई मधेस ध्वस्त भइसकेको छ । ठाउँ—ठाउँको विरोध बाबजुद सरकारले अहिलेसम्म यसबारे चुप्प रहेको कारण नागरिकमा अन्तरद्वन्द्व देखिन थालेको छ । साथै अहिले परम्परागत रुपमा नेपाल भारतमा हुने गरेको बिहेबारी पूर्णरुपमा ठप्प भएको छ । यसकारण पनि द्विपक्षीय क्रोध तथा राजनैतिक विरोध देखिएको छ । अहिले विवाह पञ्चमी समेत नजिक रहेको हुँदा सबै वर्गलाई छिट्टै सिमानाका खोलाउने मनशाय रहेको छ । तर सरकारबाट नाका खोलाउने कुनै पनि संकेत नदेखिएका कारण राजनैतिक दल देखि अन्य संस्थाहरु धर्ना तथा विरोध कार्यक्रम गर्न बाध्य भएका छन् । यसको समाधानको लागि स्थानिय तथा प्रदेश सरकारले सिमानाका खोलाउँन को लागि केन्द्र सरकारलाई दबाब दिनुपर्ने आवश्यकता रहेको देखिन्छ । साथै यतिबेला अन्य नागरिक समाज,बुद्धिजिबी ,पत्रकार लगायत अन्य सरोकारबालाहरुले यसबारे सरकारको ध्यानाकर्षण गराउँन दबाब सिर्जना गर्न जरुरी छ ।