जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २० कार्तिक
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं ७ का कृषकहरुलाई आज मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले औषधि छर्किने स्प्रे मेंशीन वितरण गरेका छन ।
मटिहानी नगरपालिका वडा नं ७ को वड़ा स्तरीय योजना अन्तर्गत सो वड़ाका ६५ जना कृषकहरुलाई कृषि कार्यमा सहयोग पुग्ने उद्देश्यले सो समाग्री वितरण गरिएको कुरा जनाइएको छ ।सो अवसरमा बोल्नुहुँदै प्रमुख मण्डलले वितरण गरिएको सो सामाग्री बाट कृषकहरुलाई कृषि कार्यमा सहयोग पुग्ने भन्नुभयो ।
मटिहानी नगरपालिका वडा नं ७ का वड़ा अध्यक्ष जीत नारायण माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वड़ा नं.६ का वड़ा अध्यक्ष कलीम अंसारी, वड़ा सदस्यहरु, लोसपाका नगर अध्यक्ष श्याम कुमार मंडल लगायत सो वड़ाका कृषकहरुको उपस्थिति रहेको थियो ।