
गणेश कुमार सिंह
महोत्तरी, २१ कार्तिक
महोत्तरीको जलेश्वरमा जनमत पार्टी बृहत जनसभां एवं पार्टी प्रवेश सम्मान कार्यक्रम सम्पन्न भएको छ । विभिन्न पार्टी परित्याग गर्दै लगभग पाँच सय जनाको संख्यामा नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छ्न ।
मंगलबार महोत्तरी सदरमुकाम जलेश्वर स्थित ल.च.मा.वि.रंगशालामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका पाँच सय जना नेताकार्यकर्ताहरु जनमत प्रवेश गरेका हुन ।
नवप्रवेशी नेताकार्यकर्ताहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमाला र अबिरको टीका लगाएर पार्टीमा स्वागत गरेको हो ।
सो कार्यक्रमको अध्यक्ष विरेन्द्र मण्डल ,प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत ,अतिथी माननीय बसन्त कुशवाहा मधेश प्रदेश भु.पू. कृषि मंत्री ,माननीय अब्दुल खान संघीय भु.पू· खाने पानी मंत्री,माननीय अनिता साह संघीय महिला तथा समान्य प्रशासन मन्त्री,जनमत पार्टी प्रवक्ता डा.शरद सिंह ,माननीय गणेश प्रसाद यादव प्रदेश प्रदेश सांसद ,माननीय सतिश सिंह मधेश प्रदेश सांसद ,संजय कुमार साह केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख ,अन्जनी मण्डल ,संजय स्वराजी केन्द्रीय कार्यकारीनी सदस्य युवा नेता ,संजय यादव मधेश प्रदेश भु.पू. कृषी राज्य मन्त्री आदि कोनेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
सो कार्यक्रम जनमत पार्टी जिल्ला इन्चार्ज विरेन्द्र कुमार मण्डल समाप्त भएको घोषण गरेका थिए ।