जलेश्वर टुडेले मनाए ११ औं बार्षिकोत्सव – Jaleshwortoday

जलेश्वर टुडेले मनाए ११ औं बार्षिकोत्सव

 २२ कार्तिक २०८०, बुधबार ००:११  
zz

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २१ कार्तिक

जलेश्वर टुडे राष्ट्रिय दैनिक पत्रिकाले एक कार्यक्रम वीच ११ औं वार्षिकोत्सव मनाएको छ । सो पत्रिकाको प्रकाशक तथा सम्पादक प्रा.पवन कुमार साहले कार्यक्रमको सम्बोधन गर्दै आर्थिक मन्दीको बेला सबैले एक अर्कालाई सहयोग गर्न बताए । वहाँले जलेश्वर टुडे रा.दैनिक पत्रिकालाई अहिलेसम्म माया तथा सहयोग गरिदिने सबै सरोकारबालाहरु प्रति आभार प्रकट गर्दै आगामी दिनहरुमा समेत यस्तै चोखो माया तथा स्नेह प्रदान गरिदिन सबैसँग आग्रह गर्नु भयो । सो अवसरमा सह सम्पादक सोनी साहले ज्ञान गंगा ई.पब्लिक स्कुलका विद्यार्थीहलाई काँपी,औजारबक्स,पेन्सिल लगायतका शैक्षिक सामाग्रीहरु बाँडेर शिक्षाको विकासमा जोड दिन आग्रह गरे ।