कोरोना कालमा विद्यालयहरु प्रत्यक्ष रुपमा प्रभावित भएको देखियो । आश्विन १९ गते देखि कक्षा ६ देखि कक्षा १२ सम्मको अध्यापन प्र्रत्यक्ष रुपमा संचालन गर्नुपर्ने जनकपुरधाम उपमहानगरपालिकाले सूचना जारी गरेर सबै नीजि तथा सरकारी विद्यालयहरुलाई लिखित जानकारी गराएपछि एक हप्ताभित्र करिब सबै त्यस तहका विद्यालयहरु संचालनमा आए तर कक्षा ६ भन्दा तलका नीजि विद्यालयहरुलाई अप्रत्यक्ष रुपमा पढाई शुरु गर्ने निर्देशन गरेपनि छठ्् भन्दा पूर्व कुनै पनि विद्यालयहरुले अप्रत्यक्ष पठनपाठ्न शुरु गरेनन्् । फलस्वरुप सानो विद्यालयको बच्चाहरु पढ्नबाट बञ्चित भए । सक्ने ठूला विद्यालयहरुले समेत त्यसबेला टोल—टोलमा शिक्षक पठाएर कक्षा संचालन गर्न सकेनन् त सानो विद्यालयहरुको हालत के भयो होला हामीले स्वयं बुझ्न सक्छौं । वास्तवमा पालिकाले दिएको निर्देशन नै अधुरो तथा अस्पष्ट रहेको देखियो । अब छठ्् पछि सानो विद्यालयहरु संचालन गर्ने निर्देशन जनकपुरधाम उपमहानगरपालिकाबाट आउलान् भनेर सोचेर बसेका संचालकहरु निरास भएका छन् । कक्षा ६ भन्दा तलको विद्यालय कहिलेदखि संचालनमा आउँछन त मेयर साहेब ? प्रश्न उठ्न थालेको छ सानो नीजि विद्यालयको संचालक तथा अभिभाकहरुका मनमा । यस हिसाबले त सानो विद्यालयहरुको अस्तित्व नै समाप्त हुन्छ । त्यसकारण सानो विद्यालय खुलाउन सिघ्र सूचना गर्न आवश्यक रहेको देखिन्छ ।