कमला नदीमा भूत मेला कोरोना कालमा समेत भिडभाडको साथ समपन्न – Jaleshwortoday

कमला नदीमा भूत मेला कोरोना कालमा समेत भिडभाडको साथ समपन्न

 १५ मंसिर २०७७, सोमबार २३:१२  
Kamala

जलेश्वरटुडे समाचारदाता
धनुषा, १५ मंसिर

प्रत्येक वर्ष जस्तै यस वर्षको कत्र्तिके पूर्णिमामा पनि कमला नदीमा भूत मेला कोरोना कालमा समेत भिडभाडको साथ समपन्न भएको छ ।
पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी–झाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै यहाँ आउने गर्दछन् । ‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी‘’ भन्नेजस्ता आ–आफनो इष्ट देवताहरुको नाम फलाक्दै धामीझाँक्री मादल, झ्याली, ढोलपिपहीजस्ता बाजाको तालमा भक्तहरु कमला नदीमा सपथ ग्रहण गर्न पुगेका थिए ।
धनुषा र सिरहाको सीमामा पर्ने कमला नदीमा धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितहरुको आज सोमबार बिहान घुँइचो लागेको थियो । सूर्योदयसँगै सोमबार बिहानै हजारौँ नव धामीझाँक्रीहरुले कमला नदीमा डुबुल्की लगाई गुरुहरुसँग शपथ लिएका थिए । आइतबार रातिबाटै कमला नदी किनारमा भगत (देउता) खेल्नहरुको घुइँचो लागेको थियो ।
आफनो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कात्तिक पूर्णिमामा स्नान गर्ने गरिन्छ । कमला नदीमा आएर सपथ लिएपछि धामीझाँक्र्रीहरु पाको हुने विश्वास गरिन्छ ।
भारतहित सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी लगायत दर्जनौ गाउँबाट लावालस्करका साथ उफ्रँदै आएका धामीझाँक्रीले तन्त्रमन्त्र गरेको दृश्य हेर्न निकै ठूलो भीँड लाग्ने गर्दछ ।