गौशाला नगरपालिकामा मधेश प्रदेशको पहिलो ईन्जिनियरिङ क्याम्पस यहि सेसनबाट शुरू, प्र.मा डा. राम दयाल यादव नियुक्त – Jaleshwortoday

गौशाला नगरपालिकामा मधेश प्रदेशको पहिलो ईन्जिनियरिङ क्याम्पस यहि सेसनबाट शुरू, प्र.मा डा. राम दयाल यादव नियुक्त

 १ मंसिर २०८०, शुक्रबार २२:५८  
7

गणेश कुमार सिंह
महोत्तरी, १ मंसिर

महोत्तरीको गौशालामा वहुप्रतिक्षित ईन्जिनियरिग विषयको पठनपाठन यस शैक्षिकसत्रदेखि शुरु हुने भएको छ । विहीबार दिउँसो राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमरप्रसाद यादव, रजष्टर सत्यनारायण साह सहितको एक टोलीले गौशाला नगरपालिकामा नवनिर्मित भवनको अनुगमन गर्दै अगामी शैक्षिकसत्र देखि सिभिल ईन्जिनियरिंग सकायको पठनपाठन गराउने भएको छ ।
सोही क्रममा विश्वविद्यालयले क्याम्पस सचालनको लागि क्याम्पस प्रमुखको रुपमा डा रामदयाल यादवलाई नियुक्त गरिएको छ ।

डा. यादव ‘भन्छन’ यस पटक ४८ विद्यार्थिहरु सहित सिभिल ईन्जीनिरिङ्गको कक्षा यहि मंसिरको अन्तिमसम्म संचालन हुने त्यस पछि विगतका सालमा ईलेक्ट्रीक ईन्जीनिरिङ्ग, मेकानिकल ईन्जीनिरिङ्ग, कम्प्युटर ईन्जीनिरिङ्ग तथा रेल्वे ईन्जीनिरिङ्ग समेत प्रत्येक वर्ष थप शिक्षा यस मधेश प्रदेशका विद्यार्थीहरुले पठनपाठन गर्न पाउने बताए । यसमा गौशाला नगरपालिका लगायत , विश्वविद्यालय, नेपाल सरकार, प्रदेश सरकारको आर्थिक सहयोगबाट यो संस्था संचालन भएको हो । यसमा २०% विद्यार्थीले स्कोलरसिप पाउनेछन भने अरु विद्यार्थीलाई चार लाख बिस हजारको दरले डोनेसन तिर्नु पर्ने छ । डा. यादवले पठनपाठनलाई व्यवस्थित बनाउने काम गर्ने भएको छ ।

गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोका अनुसार अव क्याम्पस प्रमुख चयन भएपछि आवश्यक प्रशासनीक काम काज सम्पन्न भएलगतै यसै बर्षदेखि त्यसभवनमार्फत सो संकायको पठनपाठन हुने भएको छ ।