जलेश्वरः महोत्तरीमा छठ्को तयारी अन्तिम चरणमा – Jaleshwortoday

जलेश्वरः महोत्तरीमा छठ्को तयारी अन्तिम चरणमा

 २ मंसिर २०८०, शनिबार २१:१९  
chhath-mahottari-(6)2023-11-18-06-07-54

जलेश्वरटुडे समाचारदाता
जलेश्वर, २ मंसिर

महान आस्था र विश्वासको महापर्व छठ्को तयारी महोत्तरीमा अन्तिम चरणमा पुगेको छ । छठको पहिलो दिन नहायखाय पछि दोस्रो दिन खरनामा अधिकांश नदी तथा पोखरीका घाटहरू सजाइसकिएको छ भने केही स्थानमा तयारी अन्तिम अवस्थामा पुगेको छ। प्रायः स्थानमा जनस्तरबाटै छठघाटहरू सजाइने गरिए पनि सदरमुकाम जलेश्वरस्थित बरुण सर पोखरी, पुरानो बस स्ट्यान्ड पोखरी, परिक्रमागाछी पोखरी सहित जिल्लाका अन्य स्थानीय तहसमेतको सहयोगमा घाटहरूमा सरसफाइ र सजावट लगायतका काम भएका हुन्। जलेश्वर, महोत्तरी, मटिहानी , पिपरा,एकडारा,मनराशिसवा,सम्सी,सोनमा,गौशाला,बर्दिबास, भंगहाका साथै महोत्तरीका प्रायः सबै पालिकामा तयारी अन्तिम चरणमा पुगेको बुझिएको छ ।
महोत्तरीको सदरमुकाम जलेश्वरस्थित बरुण सर पोखरीमा नगरपालिकाको तर्फबाट घाटहरूमा रंगरोगनका साथै सरसफाइ गरिएपछि घाट विगतकोभन्दा निक्कै आकर्षक देखिएको छ। पोखरीमा निजीस्तरबाट दुईथान बोटसमेत सञ्चालन गरिएको छ।