
बालबालिकाको स्वास्थ्यबारे सचेत रहन आवश्यक रहेको देखिन्छ । चिकित्सकको परामर्शबिना वा स्वास्थ्य जाँच नगरी सोझै औषधि पसलमा गएर औषधि माग्ने र खाने चलन नेपालमा व्यापक छ । सिटामोलदेखि एन्टीबायोटिकसम्मको प्रयोग बिना कुनै संकोच धेरैले गरिरहेका हुन्छन् ।
कुन औषधि कुन समयमा, कसरी सेवन गर्नुपर्छ ? भन्ने आधारभूत ज्ञान अधिकांश मानिससँग हुँदैन, तर पनि कसैले भनेको भरमा जस्तोसुकै औषधि खान हतारिने बानी छ । वयस्क मात्रै होइन, बच्चा बिरामी भए पनि एन्टीबायोटिक खुवाइहाल्ने आम मानिसको बानी छ । तर यसरी बच्चालाई जथाभावी एन्टीबायोटिक दिनु गलत भएको बाल छातीरोग विशेषज्ञहरु सुझाव रहेको छ ।
‘बालबालिकामा एन्टीबायोटिकको प्रयोग एकदमै धेरै छ । विशेषगरी नेपाल, भारत, बंगलादेश, पाकिस्तानजस्ता विकासोन्मुख देशमा चाहिने भन्दा धेरै एन्टीबायोटिकको प्रयोग भएको पाइन्छ,’ विशेषज्ञ भन्छन् । कुनै बच्चालाई ज्वरो आयो वा सामान्य रुघाखोकी लाग्ने बित्तिकै विभिन्न औषधि र एन्टीबायोटिक दिइहाल्नु राम्रो अभ्यास नभएको चिकित्सकहरुको सल्लाह रहेको छ ।
‘हामीले बच्चालाई ब्याक्टेरियाको विरुद्धमा खोप लगाइदिएका हुन्छौं । त्यसैले एक–दुई दिन ज्वरो आउने बित्तिकै बच्चालाई एन्टीबायोटिक दिन जरुरी हुँदैन,’ । ‘केही स्वास्थ्य समस्या हुने बित्तिकै एन्टीबायोटिक दियो भने निको भइहाल्छ भन्ने सोच गलत हो ।’
निमोनियाको समस्या बालबालिकामा एकदमै धेरै देखिने स्वास्थ्य समस्या हो । यसमा एन्टीबायोटिकको प्रयोग पनि अझ बढी भइरहेको देखिन्छ । विश्वव्यापी रूपमा हालसालै भएको एक अध्ययन अनुसार बच्चामा निमोनिया हुने कारण भाइरल संक्रमण हो । भाइरल संक्रमणमा एन्टीबायोटिक खान नहुने र यसमा चिकित्सकहरु बताउँछन् ।‘बच्चाहरूमा धेरै भाइरल इन्फेक्सन हुन्छ र भाइरल इन्फेक्सनमा एन्टीबायोटिकले काम गर्दैन । त्यसकारण चिकित्सकको सल्लाह लिएर उपचार गर्न जरुरी छ ।