दुर्गा मन्दिरबाट मुर्तिलाई लगाईएको नथिया र मंटिका गहना चोरी – Jaleshwortoday

दुर्गा मन्दिरबाट मुर्तिलाई लगाईएको नथिया र मंटिका गहना चोरी

 ५ मंसिर २०८०, मंगलवार २२:२८  
pp

गणेश कुमार सिंह
गौशाला, ५ मंसिर

महोत्तरीको गौशालादुर्गा मन्दिरबाट गहना चोरी भएको छ । गौशाला -५ स्थित बजारमा रहेको दुर्गा मन्दिरबाट मुर्तिलाई लगाईएको नथिया र मंटिका गहना चोरी भएको हो ।

केहि दिन अगाडी दशैँमा भारतको राजस्थानबाट करिब १० लाख भारु बराबरको दुर्गा माताको मुर्ति मन्दिरमा स्थापना गरिएको थियो । सो मुर्तिमा करिब १४ आना बराबरको सुनको नथिया र टिका लगाइएको थियो । छठ पर्वको अन्तिम दिन भोरुकवा दिनमा विहानको समयमा चोरी भएको मन्दिरका पुजारी काशीकान्त झाले बताए ।

मन्दिरमा लागेको सिसिटिभी क्यामेराबाट चोर पत्ता लागेको तर परिचय नखुलेको र चोरको खोजविन भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिएको छ ।