
- प्रा.पवन कुमार साह
मन्त्रिपरिषद्ले कार्तिक २७ मा नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सो निर्णयपछि प्रयोगकर्ताहरूले भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गरेर टिकटक चलाउन थालेका छन् । टिकटकलाई प्रतिबन्ध लगाएपछि निर्णयको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा बहस भइरहेको छ । मन्त्रिपरिषद्को निर्णयलाई समर्थन गर्नेहरुले भीपीएन प्रयोग गर्दा बैंकको पैसा चोरी हुने भन्दै प्रचार गरिरहेका छन् । प्रहरी प्रधान कार्यालयले पनि भीपीएनको प्रयोग असुरक्षित हुने भन्दै सूचना जारी गरेको छ । निर्णयको बिरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अहिले सामाजिक सञ्जालमा भीपीएनको प्रयोग गरेर प्रतिबन्धित टिकटक चलाउँदा ३२ वर्षीय पुतली माया थापा मगरले बैंकको रकम गुमाएको पोस्ट भाइरल छ । बेलकोटगढी नगरपालिकास्थित रातमाटे घर भएकी पुतली मायालाई श्रीमानले विदेशबाट पठाइदिएको २ लाख ५२ हजार नगद ह्याकरले बैंक खातामा पहुँच बनाएर चोरी गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सो पोस्टलाई सेयर गरिरहेका छन् ।
पीडित काठमाडौँमा बस्ने भएमा नुवाकोटमा उजुरी पर्दैन । बैंक खाता ह्याक भएर रकम चोरी हुने घटनाबारे भोटाहिटीस्थित प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गर्छ । तर, पुतली मायाले साइबर ब्यूरोमा पनि सम्पर्क गरेकी छैनन् । टिकटक चलाउँदा बैंक खाता ह्याक भएर रकम चोरी भएको घटनाबारे जानकारी नभएको साइबर ब्यूरोका एसपी नरेन्द्र चन्दले बताए । एसपी चन्दले भने, ‘त्यस्तो उजुरी वा जानकारी हामीकहाँ आएको छैन ।’
सामाजिक सञ्जालमा भाइरल पोष्टमा भनिएको छ, ‘नुवाकोट रातमाटे घर भएकी ३२ वर्षीय पुतली माया थापा मगरले भीपीएनबाट टिकटक चलाउँदा श्रीमानले विदेशबाट पठाएको उनको खातामा रहेको २ लाख ५२ हजार रुपैयाँ ह्याकरले ह्याक गरिदिएको छ, सावधान हुनुहोला प्लिज ।’ यसबाट अन्य पनि प्रयोगकर्ताले साबधान हुन जरुरी रहेको देखिन्छ ।