जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ११ मंसिर
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति तथा संसदिय दलको संयुक्त महोत्तरीको जलेश्वरमा आयोजन गरिएको छ । सोमबार दिउँसो जलेश्वर न.पा. २ स्थित अग्रवाल पार्टी प्यालेसको सभाहलमा राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति तथा पुर्ब गृहमन्त्री रबि लामिछानेको अध्यक्षतामा अन्दाजी ३५÷४० जनाको उपस्थितिमा केन्द्रिय समिती तथा संसदिय दलको संयुक्त बैठक बसेको थियो । सो बैठकमा पार्टी उपसभापति तथा प्रतिनिधि सभा सदस्य डोर प्रसाद अर्यालको समेत उपस्थिति रहेको थियो ।
पूर्व निर्धारित कार्यक्रमको अनुसार रास्वपाको अध्यक्ष लामिछानेले बिहानै आफ्ना कार्यकर्ता तथा नेताहरुसँगै जलेश्वरनाथको दर्शन गरी विशेष पुजाआजा गरेका थिए । वहाँले जलेश्वरनाथको दर्शन गर्नुका साथै यहाँ विभिन्न ठाउँहरुको अवलोकन समेत गर्नुभयो र्। सो कार्यक्रमको आयोजन तथा व्यवस्थापन महोत्तरी रास्वपा ईन्चार्ज शुभम कुमार यादवले गरेका थिए । यो बैठक ३ दिन सोमबारदेखि बुधबारसम्म संचालन रहने समेत ईन्चार्ज यादवले जानकारी गराए ।