निमावि तहको टिचिङ् लाइसेन्स परीक्षाको कमजोर प्रतिफल – Jaleshwortoday

निमावि तहको टिचिङ् लाइसेन्स परीक्षाको कमजोर प्रतिफल

 १२ मंसिर २०८०, मंगलवार २३:०१  
Untitled

  • प्रा.पवन कुमार साह

निम्न माध्यमिक विद्यालय तहको शिक्षण अनुमति परीक्षाको प्रतिफल कमजोर देखिएको छ । यसको सर्वत्र निन्दा तथा असन्तुष्टि पोखिएको छ भने शैक्षिक चिन्ता बढेको छ । शिक्षक सेवा आयोगले कातिक २० गते लिएको निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाको नतिजा सार्वजनि गरेको छ । देश भरी परीक्षामा ८.६१ प्रतिशत परीक्षार्थी मात्रै उतीर्ण भएका छन् ।
मंगलबार आयोगले सार्वजनिक नतिजा अनुसार एक लाख ५१ हजार १२ जना सहभागी भएको परीक्षामा १३ हजार ७ जना मात्रै उतीर्ण भएका हुन् । यो कुल परीक्षार्थीको ८.६१ प्रतिशत मात्र हो ।
आयोगका अनुसार कोशी प्रदेशमा २४ हजार ३९ सहभागी भएकामा दुई हजार १३० (८.८६ प्रतिशत), मधेश प्रदेशमा २२ हजार ८५५ सहभागी मध्ये एक हजार ६१४ (७.०६ प्रतिशत), बागमतीमा १७ हजार ६५१ सहभागी मध्ये दुई हजार दुई (११.३४ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै गरी गण्डकी प्रदेशमा ११ हजार ८९७ सहभागी मध्ये एक हजार १५२ (९.६८ प्रतिशत), लुम्बिनी प्रदेशमा २९ हजार २३० सहभागीमध्ये दुई हजार ८६३ (९.७९ प्रतिशत), कर्णाली प्रदेशमा २४ हजार १५४ सहभागी मध्ये एक हजार ५७४ (६.५२ प्रतिशत) र सुदूरपश्चिम प्रदेशमा २१ हजार १८६ सहभागी मध्ये एक हजार ६७२ (७.८९ प्रतिशत) उत्तीर्ण भएका छन् ।
अर्थात यस किसिमको प्रतिफलबाट शैक्षिक क्षेत्रको बेडा पार गर्न अति अप्ठ्यारो हुने देखिन्छ । त्यसकारण शिक्षक सेवा आयोगले निकाल्ने विज्ञापनमा समेत उम्मेदबारहरुको सहभागितामा कमी आउने तथा रिक्त स्थान पुर्तिमा समेत बाधा पुग्ने देखिन्छ ।