कोरोनाकाल पछि शुरु भएको शैक्षिक शत्र बारे अनिश्चितता देखिन्छ । प्रत्येक शैक्षिक शत्र १२ महिनाको हुने गर्दछ । नेपाल भरी नै २०७७ शैक्षिक शत्र बैशाखबाट शुरु हुनुपर्ने भए पनि कोरोना भाइरसको प्रकोपको कारण प्रत्यक्ष पढाई आश्विनदेखि शुरु भएपछि २०७८ भदौं सम्म लम्ब्याउँनुपर्ने आवश्यकता रहेको देखिन्छ । तर काठमाडौं उपत्यका लगायत अन्य ठाउँहरुमा समेत अहिलेसम्म लकडाउनका कारण शिक्षण संस्थाहरु पूर्णरुपमा ठप्प रहेको छ । यस परिवेशमा शैक्षिक शत्रको अवधि किटान गर्नु ज्यादै नै अप्ठ्यारो रहेको देखिन्छ । त्यस्तै अहिले मधेस लगायत अन्य ठाउँहरुमा विद्यालय प्रत्यक्ष रुपमा संचालन भए पनि अभिभावकहरुमा शैक्षिक शत्रको अवधिबारे अनिश्चितता रहेको देखिन्छ । उनीहरुको भनाई अनुसार यो २०७७ शैक्षिक शत्र ६ महिना पछि चैत्रमा नै समाप्त हुने हो । त्यसमा कक्षा ५ देखि मूनिका बच्चाहरुका कक्षा संचालनबारे कुनै निर्र्णय नआएको कारण यस वर्षको शैक्षिक शत्र त्यत्ति नै खेर गएको बुझाई रहेको समयमा नयाँ नामांकन गर्ने देखि कक्षा संचालन गर्ने कार्य चुनौतिपूर्ण रहेको देखिन्छ । यस बखतमा नेपाल सरकारका स्थानिय शिक्षा शाखाहरुले नयाँ शैक्षिक शत्रको अवधिबारे निश्चितता प्रदान गर्नु अति आवश्यक रहेको देखिन्छ । यस कार्यले कक्षाहरु प्रत्यक्ष रुपमा राम्रोसँग संचालन गर्न सकिन्छ । अििभभावकहरु विचमा रहेको शंकाहरु समेत समाधान हुने हुँदा शैक्षिक अवधि किटान गर्नु जरुरी देखिन्छ ।