बलात्कारी बिरुद्ध क्रुर कानून बनोस् – Jaleshwortoday

बलात्कारी बिरुद्ध क्रुर कानून बनोस्

 १८ मंसिर २०७७, बिहीबार ०१:०४  
editorial

नेपालमा बलात्कारको घट्ना दिनानुदिन बढिरहेको देखिन्छ । बलात्कारको घट्नाहरुले समाजमा डर तथा त्रासको वातावरण सृजना भएको देखिन्छ । अहिले महिला तथा बालिकाहरु असुरक्षित रहेको भन्दा कसैको दुई मत नहोला । बलात्कार बिरुद्धको सचेतनामूलक कार्यक्रम तथा अन्य प्रयासहरु गरिए पनि यसको रोकथाम भएको छैन । झन् प्रदेश नं. २ मा मुख्यमन्त्री बेटी बचाऊ,बेटी पढाऊ योजना प्रदेश भरी नै लागु गरिए पनि यसले महिला हिंसा नियन्त्रण गर्नु भन्दा बढेकै देखिन्छ । बिगत देखि वर्तमान समयको मूल्यांकन गर्ने हो भने यहाँ एसिड छ्याप्ने,बलात्कार जस्ता घट्नाहरु पटक—पटक भएका छन् । अहिले ६ वर्ष तथा त्यस मूनीका बालिकाहरु समेत बलात्कृत भएर ज्यान समेत गुमाई सकेका छन् । अहिले अभिभावकहरु समेत आफ्नो सन्तानलाई सन्तान नठानेर हिंसा बढाएको घट्नाहरु बाहिरिएको छ । यस घट्नाहरु विरुद्ध नेपालमा समान्य कानून रहेको देखिन्छ जस अन्तर्गत आर्थिक दण्ड तथा कैद गर्ने हो । यस्ता घट्नाहरु बिरुद्ध भारत लगायत अन्य मुलुक झै क्रुर ऐन बनाउनु आवश्यक रहेको देखिन्छ । भारत लगायत अन्य मुलुकमा यस्ता बलात्कार तथा एसिड सम्बन्धी घट्ना घटाउनेलाई फाँसी सम्म दिने कानून बनाइएको छ जसको आवश्यकता अहिले नेपालमा समेत रहेको देखिन्छ । नत्रभने यस्ता घट््नाहरु नियन्त्रित गर्न अप्ठ्यारो छ ।