- प्रा.पवन कुमार साह
अहिले मधेस प्रदेशमा लागुऔषध सेवन तथा ओसारप्रसार बढीरहेको अवस्थामा यसको निर्मुल गर्न एक जना मात्रले चाहेर नियन्त्रण हुने होइन । यसको लागि स्थानिय सरकार,प्रदेश सरकार तथा संघीय सरकारले नीतिगत रुपमा कानुन सम्बत लागु गरे यसको समाधानमा सहयोग हुने देखिन्छ । अहिले पनि सिमानाकाबाट दिनहँु लागुऔषध ओसारप्रसार भई रहेको तथा प्रहरीद्वारा पक्रिने गरेको पाइएको छ भने धेरै जसो ठाउँहरुमा प्रहरी प्रशासनको मिलोमतोमा भएको तथ्य पनि पटक—पटक आएको छ । अहिले लागुऔषध सेवनमा प्रायःगरी युवा पुस्ताहरु प्रभावित भएको देखिन्छ । तिनीहरु यसमा आबद्ध हुनुको कतिपय विद्वानहरुको अनुसार बेरोजगारी तथा अभिभावकबिहीनता पनि हो बताएका छन् । अशिक्षा तथा जनचेतनामूलक कार्यक्रमको अभावको कारण पनि यस किसिमको परिस्थिति आएको देखिन्छ । किनभने शिक्षाले त मान्छेलाई गलत र सहीको बारेमा जानकारी गराउनुको साथै गलत दिशामा जानबाट रोक्दछ । त्यसैगरी जनचेतनामूलक कार्यक्रमले समेत समाजको लागुऔषधको नकारात्मक प्रभावहरुको बारेमा अबगत गराउँदछ भने यसले यसबाट बच्न तथा छुटकारा पाउन विभिन्न बिकल्पहरुको बारेमा जानकारी गराउँदछ । अहिले स्थानिय निकायदेखि लिएर संघीय सरकार समक्ष यस सम्बन्धमा बजेट विनियोजन हुनुको साथै यस सम्बन्धमा कार्यक्रमहरुको समेत आयोजना गर्ने निर्देशन भए पनि अहिलेसम्म यसको कार्यान्वयन सबै क्षेत्रमा राम्रोसँग भएको पाइदैन । धेरै ठाउँहरुमा कागजमै यस्ता कार्यक्रमहरु सिमित भएको कारणले गर्दा पनि लागुऔषध जस्तो माहामारी हाम्रो समाजमा संक्रमित हुदै छ । खास गरेर मधेस प्रदेशमै योजना छनौटमा तानातान छ । लागुऔषध मुक्त समाज निर्माण गर्नको लागि खास गरेर मधेस प्रदेशमा मधेस सरकारले संवेदनशील र जनता प्रति बफादार हुन जरुरी छ ।