जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १८ मंसिर
“सभ्य समाजको पहिचान ः लैगिक हिंसा विरुद्धको अभियान“ भन्ने मूल नाराका साथ “लैगिक हिंसा विरुद्धको १६ दिने अभियान– २०२३“ नगर प्रमुख हरि प्रसाद मंडलको प्रमुख आतिथ्यमा जनचेतना मूलक ¥याली तथा अन्तरक्रिया कार्यक्रम गरी आज मटिहानी नगरपालिकामा मनाइएको छ ।
उक्त अवसरमा श्री राम माध्यमिक विद्यालय मटिहानीबाट निकालिएको जनचेतना मूलक ¥याली मटिहानीको बिभिन्न भागहरुको परिक्रमा गरेको थियो । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दिपा दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिका वड़ा नं.३,४,७ र ८ का वड़ा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,वड़ा सचिवहरु, शिक्षा शाखा प्रमुख चन्देश्वर साह,नेपाल प्रहरीका प्रतिनिधिहरु, राम माध्यमिक विद्यालयका प्र.अ.श्रीश कुमार मिश्र एवं शिक्षक–शिक्षिका ,छात्र–छात्राहरु लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।