महोत्तरीमा जनधनको सुरक्षामा सरोकारबालाहरु जिम्मेबार हुन जरुरी – Jaleshwortoday

महोत्तरीमा जनधनको सुरक्षामा सरोकारबालाहरु जिम्मेबार हुन जरुरी

 १९ मंसिर २०८०, मंगलवार २१:५९  
Untitled

  • प्रा.पवन कुमार साह

महोत्तरी जिल्लामा केहि महिनादेखि चोरीडकैति जस्ता अपराधिक क्रियाकलापहरु बढदै गए पछि स्थानीयहरु त्रसित भएका छन् भने तिनिहरुका जनधनको सुरक्षाको चिन्ता पनि बढेको देखिन्छ । महोत्तरी जिल्लाभरी १५ स्थानिय निकायहरु सहितको स्थानिय सरकार र तिनका नगर प्रहरी समेत स्थानियहरुको सेवामा तल्लिन रहे पनि जनधनको सुरक्षाको चुनौति दिन प्रति दिन बढदै गएको देखिन्छ । यति मात्र होइन जिल्लाको सम्पूर्ण प्रहरी प्रशासन तथा सुरक्षा व्यवस्थापक लगायतका सरोकारबालाहरु समेत जनताको सुरक्षा व्यवस्थामा खटिएका छन् । तैपनि दिउसै चोरी डकैति चस्तो अपराधिक क्रियाकलापहरु प्रश्रय लिनु त्यहाँको सुरक्षा व्यवस्थापकमाथि प्रश्न चिन्ह उठेको देखिन्छ । अहिले महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका लगायत आसपासको स्थानिय पालिकाका जनता चोरडाकाहरुकोे आतँकबाट त्रसित भएका छन् । यस प्रतिकुल परिस्थितिमा प्रमुख जिल्ला अधिकारी,स्थानिय सरकार तथा प्रहरी प्रशासन लगायत अन्य सरोकारबालाहरुले बढी सक्रिय हुन आवश्यक रहेको देखिन्छ । किनभने सर्वसाधारण जनता यहाँहरु प्रति जनधनको सुरक्षाको अपेक्षा गर्दछन् । यस सम्बन्धमा स्थानियलाई यस्ता चोरीडकैतिबाट सजग तथा बच्नबचाउननको लागि सरोकारबालाहरुले विशेष सुरक्षा टोलिलाई परिचालित गर्न आवश्यक रहेको देखिन्छ । विशेष सुरक्षा टोलिले दिएको जानकारीको आधारमा अपराधिलाई समात्न तथा आवश्यक कारबाही अगाडी बढाउन सम्बन्धीत सरोकारबालाहरु सक्रिय हुन आवश्यक रहेको देखिन्छ ।
यतिमात्र होइन यस्ता अपराधिक क्रियाकलापहरुबाट बच्न तथा बचाउन स्थानिय जनता पनि सजग तथा संवेदनशील हुन आवश्यक रहेको देखिन्छ । अरु भन्दा आफैले आफ्नो जनधनको सुरक्षाबारे चिन्तन गर्न जरुरी छ ।