प्रधानमन्त्री सरिक कार्यक्रममा पत्रकारलाई निषेध – Jaleshwortoday

प्रधानमन्त्री सरिक कार्यक्रममा पत्रकारलाई निषेध

 १९ मंसिर २०८०, मंगलवार २२:२६  
4

गणेश कुमार सिंह
गौशाला, १९ मंसिर

गाैशालामा अायाेजित प्रधानमन्त्री सरिक भएको कार्यक्रमस्थलवाट समाचार संकलन गर्न पुगेका पत्रकारहरु समाचार संकलनबाट अवराेध गरिएको छ ।
मंगलवार नेकपा माअाेवादी पार्टीले अायाेजना गरेकाे कार्यक्रमवाट उदघाेषकले माईकमार्फत घाेषणा गर्दै निकालिएका हुन् ।
पार्टीका कार्यकर्ताका अनुसार पार्टीका अान्तरिक कार्यक्रम भएकोले कार्यक्रमस्थलवाट निकालिएको हाे ।
कार्यक्रमकाे भाषण ठुल ठुला माईकबाट प्रसारण भएतापनि पत्रकारलाई देशका प्रधानमन्त्री सरिक भएकाे कार्यक्रमबाट निकाल्नु दुखद भएको प्रेस सेन्टरका सप्तरी अध्यक्ष देवराम यादवले बताए । उनले भने तीन महिने अभियानमार्फत संकलन गरिएको विषयवस्तु सुन्न र वुझ्नका लागि पत्रकारलाई अामन्त्रित गर्नु र कार्यक्रममा पुग्दा निकाल्नु दुखद रहेकाे यादवले बताए ।