नवल खड्काको काँडेतार जनकपुरधामको निलम हाँलमा प्रदर्शन – Jaleshwortoday

नवल खड्काको काँडेतार जनकपुरधामको निलम हाँलमा प्रदर्शन

 २३ मंसिर २०८०, शनिबार २३:१५  
5

फिल्म मधेस,पहाड,नेपाल र नेपालीको भावनालाई समेटेर बनाइएको दर्शकको टिप्पणी

जलेश्वरटुडे समाचारदाता
धनुषा, २३ मंसिर

6

नवल खड्काद्वारा निर्देशित नेपाली फिल्म काँडेतार शनिवार जनकपुरधामको निलम हाँलमा १२ देखि २ र २ देखि ४ बजेको समयमा २ शो पहिलो पटक प्रदर्शन गरिएको छ । सोे फिल्ममा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी,प्रशान्त यादव, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्का लगायतको अभिनय छ । जनकपुरधाममा केहि दिन अगाडी नै निर्देशक नवल खड्का र कलाकार प्रशान्त यादवले आफ्नो फिल्मको प्रोमोशनको क्रममा यहाँको विद्यालय,विभिन्न संघसंस्थाहरुमा पुगेका थिए । यो फिल्मले मधेस,पहाड,नेपाल र नेपालीको भावनालाई समेटेको फिल्म हेर्ने दर्शकहरुले प्रतिक्रिया सहितको टिप्पणी गरेका थिए । नवल खड्का र प्रशान्त यादव दुवै जना मधेसको पहिचान झल्काउने सेतो पगडी,गुलावी कुर्ता र सेतो धोतिमा दर्शकहरुको माझ आकर्षक देखिएका थिए । दर्शकहरुले दुवै शो हाउसफुल देखिएको थियो । फिल्मको मुख्य भूमिकामा निर्देशक खड्का पनि छन् । निर्देशक नवलकै निर्माण रहेको फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको कोरियोग्राफी छ । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायाँकार सौरभ लामा हुन् । तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा नवलसँगै माकिको राई र अञ्जु केसी निर्माताको रुपमा छन् भने कार्यकारी निर्माता नवलकी गायिका सत्यकला राई हुन् । काँडेतारलाई सीमा तहलेदारको रुपमा परिभाषित गरिएको गीत निर्माण युनिटले फिल्मको पहिलो गीतको रुपमा सार्वजनिक गरेको हो । गीतमा सत्यकला राई, राजेशपायल राई र जे पापीको स्वर,मणी थापाको संगीत र मिलन कान्छा किराँतीको शब्द छ । यो गीत र फिल्मले देशको भूगोल र सार्वभौमसत्ता रक्षाका लागि नेपाल–भारत सीमामा काँडेतार लगाउनुपर्ने कुरो उठाएको छ ।