गाैशालामा राप्रपाकाे वडा कमिटी गठन – Jaleshwortoday

गाैशालामा राप्रपाकाे वडा कमिटी गठन

 २३ मंसिर २०८०, शनिबार २३:२५  
4

मंजित कुमार राम
गौशाला, २३ मंसिर

महोत्तरीको गौशलामा शनिवार राष्ट्रिय प्रजातन्त्र पार्टीकाे वडा स्तरीय संगठन बिस्तारकाे कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी मधेश प्रदेश सदस्य तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कि केन्द्रिय सदस्य निरु केशीले राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने कार्यक्रममा बताएकि छिन ।

उनले अहिले दलका नेताहरुले राजनीतिलाई व्यापार बनाउन खोजेकै कारण देशमा अनियमितता भ्राष्टाचार र तस्करी मौलाएर सुसाशनको अन्य भएको बताईन। नेत्री केशीले केही राजनीतिक दलका नेताले राजनीतिलाई गलत ढङ्गले प्रयोग गरेको आरोप लगाउँदै लोकतन्त्रलाई बलियो बनाउन राजनीतिमा युवा तथा महिलालाई नेतृत्वमा पुर्याउनुपर्नेमा जोड दिईन ।

केशीले देश अहिले अभिभाबक बिहिन भएकाले अराजकता बढनुको कारक रहेको उल्लेख गर्दे अहिलेका राजनितिक दलहरुले देशलाई निकास दिन नसक्ने भएकाले राज संस्था तथा हिन्दु राष्ट्र आवश्यक रहेको बताईन।

यसैगरी राप्रपा महोत्तरीले वडा तहका कार्यसमिति गठन गर्ने कार्यलाई तीव्र बनाएको छ । राप्रपाले महोत्तरी जिल्लाका सबै स्थानिय तहका वडामा पार्टीको वडा समिति बनाउने लक्ष्य लिएको बताएको छ । यसैक्रममा गौशला नगरपालिकाको वडा ५ मा रमण कुमार सिंहको अध्यक्षतामा ७ सदस्य वडा कार्य समिती गठन गरेको छ ।