विवाह बन्धनमा बांधिए श्वेता र आदित्य – Jaleshwortoday

विवाह बन्धनमा बांधिए श्वेता र आदित्य

 १८ मंसिर २०७७, बिहीबार ०१:२५  
Marriage

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १७ मंसिर

बलिउड गायक तथा कार्यक्रम प्रस्तोता आदित्यनारायण झा विवाह बन्धनमा बाधिएका छन् ।
उनले अभिनेत्री श्वेता अग्रवाससँग विवाह गरेका हुन् । दुबैको विवाहको तस्बिर अहिले इन्टरनेटमा निकै भाइरल भइरहेका छन् । १ डिसेम्बर अर्थात हिजो उनीहरुले नजिकका आफन्तको उपस्थितिमा मन्दिरमा विवाह गरेका थिए । विवाह समारोहमा धेरै मानिस सहभागी नभएपनि धुमधामका साथ आयोजना भएको थियो । आदित्य निकै सज्जिएर आफ्नी बेहुली लिन पुगेका थिए । विवाह मुम्बइको इस्कान मन्दिरमा सम्पन्न भएको थियो । त्यहाँको विभिन्न तस्बिर समेत अहिले बाहिर आएको छ । आदित्यले विवाहमा क्रिम कलरको शेरवानी लगाएका थिए । शिरमा पगडी र गलामा कुन्दनको माला समेत लगाएका थिए । श्वेताले पनि आदित्यसँग पहिरन म्याच गराएकी थिइन् । उनले क्रिम र गोल्डेन कलरको लेहंगा लगाएकी थिइन् । पहिरनका साथ धेरै गरगहना र मेकअपले उनी धपक्कै बलेकी देखिन्थिन् ।
विवाहमा आदित्य श्वेताले एकअर्काेलाई पिंक कलरको माला लगाइदिएका थिए । आदित्यको घरमा १ डिसेम्बरमा दुई खुसी सेलिब्रेसन गरिएको छ । एक उनका पिता उदितनारायणको जन्मदिन, अर्काे आदित्यको विवाह ।