शेर बहादुर देउवाको छैटौं प्रधानमन्त्री बन्ने मोह – Jaleshwortoday

शेर बहादुर देउवाको छैटौं प्रधानमन्त्री बन्ने मोह

 ४ पुष २०८०, बुधबार २३:४९  
Untitled

  • प्रा.पवन कुमार साह

डा.शेखर कोइराला र गगन थापाको पूर्व प्रधानमन्त्री शेर बहादुर देउवालाई फेरी प्रधानमन्त्री हुन नदिने रणनीति थालिएको छ । सभापति शेरबहादुर देउवालाई छैटौं पटक प्रधानमन्त्री हुन नदिने जिकिर सहित डा. शेखर कोइराला र महामन्त्री गगन थापाले तयारी अगाडि बढाएका छन् । सत्ता गठबन्धनको आलोपालोमा प्रचण्ड लगत्तै अब ढिलोमा एक वर्षपछि देउवा प्रधानमन्त्री बन्ने तरखरमा छन् । तर, पार्टीकै नेताहरूले उनलाई रोक्ने रणनीति बनाउन थालेका छन् ।
दुई वर्षअघि १४ औं महाधिवेशनमा देउवालाई सभापतिमा रोक्न शेखर अगाडि बढे पनि सफल भएनन् । गत वर्ष ६ पुसमा फेरि दलको नेता बन्नबाट रोक्न गगन थापा अगाडि सरे । तर, उनी पनि सफल भएनन् । लगातारका वर्षमा शेखर र गगन दुवैले देउवालाई गतिलो टक्करसम्म दिन नसकेपछि टीममै विग्रह आउनेसम्मको अवस्थामा बन्यो ।
अहिले आएर महिनौं लामो मौनता तोड्दै शेखर र गगन फेरि एक ठाउँमा आएका छन् । २८ मंसिरमा समूहको बैठकमा उनीहरू सँगै देखिए । यही बैठकले देउवालाई प्रधानमन्त्री बन्न नदिने, २०८२ मा १५ औं महाधिवेशन गरेर सभापति जित्ने र २०८४ को निर्वाचनमा आफू अनुकूल टिकट बाँड्नेसम्मको रणनीति बनाएको छ ।
‘२८ मंसिरमा शेखर दाइले सबैलाई बोलाउनु र महामन्त्री गगन थापाले अब दलको नेता शेखरलाई बनाउनुपर्छ भन्नु त्यसैको संकेत हो । संसदीय दलमा गगनलाई टीमको ३४ मध्ये २५ भोट मात्र आएको कुरालाई बिर्सौं । ‘विस्तारै माहोल बनाउँदै दलको नेता फेरेर शेखरलाई प्रधानमन्त्री बनाउने, २०८२ मा महाधिवेशन गर्ने र २०८४ को चुनावको तयारीमा जुट्नेमा समान धारणा छ ।’
पछिल्लो समय सरकार विरुद्ध खरो रूपमा शेखर र गगनले दिँदै आएको आक्रामक अभिव्यक्तिको सन्देश पनि अब ‘टेस्टेड’ नेता काम लाग्दैन भन्ने भएको हो । हुन पनि शेखर र गगनले समूहको बैठकपछि प्रधानमन्त्री र मन्त्रीको कार्यसम्पादनप्रति तीव्र असन्तुष्टि पोखेका छन् ।
‘प्रधानमन्त्रीले एक वर्षमा के–के गर्नुभयो ? म उहाँको रिपोर्ट कार्ड चाहन्छु,’ सभापति शेरबहादुर देउवा पनि सहभागी भएको कांग्रेस गण्डकी प्रदेश सम्मेलनमा नेता कोइरालाले भनेका थिए । शेखरले एक दिनअघि कांग्रेस नुवाकोटको जिल्ला सम्मेलनमा पुगेर यस्तै अभिव्यक्ति दिएका थिए । ‘प्रधानमन्त्रीज्यूले मन्त्रीको रिपोर्ट कार्ड लिने भन्दै पुस ५ देखि १० गतेसम्म काठमाडौं नछाड्न निर्देशन दिनुभएको छ । यसरी कोइराला र गगनले देउवा विरुद्ध रणनिति बनाएमा प्र.म.अरुले हात पार्न सक्छ ।