कोरोनाको नयाँ भेरिएन्ट र हाम्रो तयारी – Jaleshwortoday

कोरोनाको नयाँ भेरिएन्ट र हाम्रो तयारी

 ९ पुष २०८०, सोमबार २३:४०  
Untitled

  • प्रा.पवन कुमार साह

अहिले कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन.१ को सङ्क्रमण भारत, बेलायत, न्युजिल्यान्ड लगायत विभिन्न मुलुकमा देखा परेको छ । यो भाइरस छिटो फैलिए पनि मानव स्वास्थ्यमा गम्भीर हानि पु¥याएको पुष्टि नभएको बुझिएको छ । नयाँ भेरिएन्टलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कम घातक वर्गमा राखेको छ । हालसम्मको जानकारी अनुसार डराउनुपर्ने स्थिति छैन तर सावधानी अपनाउनुपर्छ ।’
भाइरसका कुनै भेरिएन्ट कडा हुने र कुनै कम घातक हुने भएकाले बेवास्ता गर्न हुदैन । ‘ज्येष्ठ नागरिक, दीर्घरोगी र बालबालिका अझ बढी सजग रहनुपर्छ,’। ‘कुन उमेर समूहका मानिस बढी प्रभावित भन्ने रिपोर्ट भइसकेको छैन । तैपनि सजगता पु¥याएकै राम्रो हुन्छ भन्ने विज्ञहरुले सुझाएका छन् ।
कोरोनाको नयाँ भेरिएन्ट भारतमा देखिएकाले नेपालमा पनि जोखिम रहेको छ । ‘नेपाल र भारत बिच खुला सीमाना भएकाले जोखिम उच्च छ,’ । नेपालमा भारतबाट दैनिक लाखौँ मानिसको ओहोरदोहोर हुन्छ, त्यसकारण जोखिम पनि बढी छ ।’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालको सीमाभन्दा टाढा भारतको केरला राज्यमा सो भेरिएन्ट देखिएकाले नेपालमा कम जोखिम रहेको उल्लेख गरे । ‘नेपालको सिमाना नजिकै भए हालसम्म नेपालमा पनि फेला परिसक्थ्यो,’ तर हालसम्म नेपालमा सो भेरिएन्ट देखिएको छैन ।
कोभिड–१९ को विभिन्न प्रजाति देखा पर्न थालेका छन् । त्यहीमध्येको एक हो नयाँ भेरिएन्ट जेएन.१ । कोभिड–१९ भाइरसको ओमिक्रोन प्रजातिको उपप्रजाति जेएन.१ हो जुन ओमिक्रोनको नयाँ म्युटेसन भएर बनेको हो ।
कोरोनाको नयाँ भेरिएन्टको लक्षण ओमिक्रोनको जस्तै देखिने चिकित्सकले बताएका छन् । टाउको दुख्ने, नाकबाट पानी बग्ने, हाछ्यू आउने लगायतका लक्षण देखिन्छ । हावापानी अनुसार भाइरसको लक्षण फरक–फरक देखिने हो । ‘देश र मौसम अनुसार भाइरसको लक्षण फरक–फरक हुन्छ,’ ।
कोरोना भाइरस सङ्क्रमण हुँदा श्वासप्रश्वास सम्बन्धी समस्या देखिने हुन्छ ।
जेएन.१ भाइरसको सङ्क्रमण घातक नभए पनि सङ्क्रमण हुनबाट जोगिन विज्ञहरूले सुझाएका छन् ।‘मास्क लगाउने, दुरी कायम गर्ने, सेनिटाइजर प्रयोग गर्ने, हात धुने, कोरोना विरुद्धको खोप नलगाएकाले पूर्ण डोजको खोप लगाउनु आदि उपायहरु छन् । ‘जाडो सिजन छ, दुरी कायम गर्नुप¥यो, एक ठाउँमा झुम्मिएर आगो ताप्न भएन ।’
कारोनाको नयाँ भेरिएन्ट जेएन.१ को सङ्क्रमण भएका व्यक्ति नेपालमा हालसम्म फेला नपरेको मन्त्रालयले जनाएको छ । सो रोग फैलिन नदिनका लागि सीमानाका कडा पारिएको छ । पछिल्लो समय चीन र भारतमा देखिएको सङ्क्रमण श्वासप्रश्वास सम्बन्धी रहेकाले सीमा नाकामा सो समस्या भएका व्यक्ति फेला परेमा निगरानी गरिने छ । यसको लागि स्थानिय सरकार तथा प्रदेश सरकारले समेत आवश्यक सहयोग गर्नुपर्छ।

‘देशभरका सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्कमा तालिम प्राप्त स्वास्थ्यकर्मी खटाएका छौँ,’ उनले भने, ‘कोरोना भाइरसका कारणले श्वासप्रश्वास सम्बन्धी समस्या हुन्छ, सो खालका बिरामी फेला परेमा उहाँहरूको हिस्ट्री अध्ययन गर्न, क्वारेन्टाइनमा राख्न भनेका छौँ ।’

कोरोना महामारीका समयमा तयार गरिएको उपचार कक्ष, अक्सिजन, भौतिक पूर्वाधार तयारी रहेको उनले दाबी गरे ।