एलपी ग्यासको मूल्यमा एकरुपता ल्याऊ – Jaleshwortoday

एलपी ग्यासको मूल्यमा एकरुपता ल्याऊ

 ९ पुष २०८०, सोमबार २३:४२  
Untitled

  • प्रा.पवन कुमार साह

एलपी ग्याँसको मूल्यमा एकरुपता ल्याउन आवश्यक रहेको देखिन्छ । एलपी ग्याँस अहिले निगमले तोकेको मूल्य भन्दा ठाउँ अनुसार फरक फरक भएकोले उपभोक्ताहरुलाई सास्ती भएको छ । यसको लागि निगमले आफ्नो अधिकारीक पसलहरुमा दर सूची टाँस गर्न लगाउनु पर्ने आवश्यकता रहेको देखिन्छ । नेपाल आयल निगमले एलपी ग्यासको बिक्री मूल्य १८९५ रुपैयाँ प्रति सिलिन्डर तोकेको छ । तर धेरै ठाउँहरुमा सो मूल्य १९२५ र थप ढुवानी खर्च ५० जोडेर १९७५ मा बिक्रि गर्ने गरेको पाइएको छ । यसको लागि बजार अनुगमन तथा दण्डसजायको व्यवस्थालाई कार्यान्वयन गर्न गराउन आवश्यक रहेको देखिन्छ ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण भइरहेको समाचार आइरहेको निगमले जनाएको छ । यदि, बिक्रेताहरुले तोकिएको मूल्यभन्दा बढी मूल्यमा एलपी ग्यास बिक्री गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत निगमले दिएको छ ।
निगमले भनेको छ, ‘ढुवानी लागत समेत जोडेर ग्यासको लागत मूल्य तोकिएको हुन्छ । ग्यास उद्योगभन्दा ५० किलोमिटर वरपर सोही मूल्य लागु हुन्छ ।’
उद्योगको आसपास समेत तोकिएको मूल्यभन्दा बढी मूल्यमा ग्यास बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी निगमले दिएको हो ।
एलपी ग्याँस सबैको दैनिक आवश्यकताको बस्तु हो र यसको सहज उपलब्धता देखि यसको मूल्यमा एकरुपता ल्याउन पनि अपरिहार्य रहेको देखिन्छ । अहिले झन जनताको आर्थिक अवस्था दैयनिय रहेको कारण एलपी ग्याँको वितरण बापत थप लिने गरेको ढुवानी खर्च समेत मिनहा गर्नुपर्दछ । यति मात्र होइन निगम अहिले नाफामा भएको कारण उपभोक्तालाई दिन सक्ने छुटलाई अन्य बस्तुहरुमा समेत समाबेश गर्न गराउन आवश्यक रहेको देखिन्छ । एलपी ग्याँसमा बजनमा समेत चुहावत भएको पाइएकोले त्यसको समेत नापतौल तथा गुणस्तर विभागले यसको अनुगमन गरी गलत काम गर्नेलाई दण्डित गर्न आवश्यक रहेको देखिन्छ । अन्त्यमा एलपी ग्याँसको मूल्यमा एकरुपता नै हाम्रो एकरुपता हो ।