महोत्तरीकी सन्ध्या शर्मा बनिन् मिस नेपाल इन्टरनेसनल – Jaleshwortoday

महोत्तरीकी सन्ध्या शर्मा बनिन् मिस नेपाल इन्टरनेसनल

 २१ मंसिर २०७७, आईतवार ०२:३१  
Mahottari

जलेश्वरटुडे समाचारदाता
महोेत्तरी, २० मंसिर

नम्रता श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०२०’ बन्न सफल भएकी छन्।प्रतियोगिताको प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी मिस नेपाल बन्न सफल भएकी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् । यसैगरी मिस नेपाल सुप्रानेसनल २०२० को ताज सिमल कनौजियले पाएकी छन भने सन्ध्या शर्माले मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिहेकी छन् । मिस नेपाल इन्टरनेसनल बनेकी शर्मा महोत्तरीकी हुन् । नेकपा नेता राम कुमार शर्माकी उनी छोरी हुन् । त्यस्तै,मिस नेपाल अर्थ २०२० को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्।