चिसोबाट बचौ र जरुतमन्दलाई सहयोग गरौं – Jaleshwortoday

चिसोबाट बचौ र जरुतमन्दलाई सहयोग गरौं

 १६ पुष २०८०, सोमबार ००:००  
Untitled

  • प्रा.पवन कुमार साह

शनिवारदेखि तराईमा देखिएको अत्यधिक चिसोका कारण यहाँको जनजिवन प्रभावित भएको छ । दुई दिनदेखि सूर्यको प्रकाश नदेखिएको कारण यहाँ चिसो अत्यधिक बढन गएको हो । यतिबेला चिसोबाट सबै जनाले बच्न आवश्यक रहेको देखिन्छ । साथै आफ्नो वरिपरी रहेका जरुतमन्द तथा गरिव असाहय व्यक्तिहरुलाई न्यानो कपडा लगायतका सामाग्रीहरु दिएर सहयोग गर्ने बेला आएको छ ।
यसैगरी अहिले उत्तर भारतीय क्षेत्रमा चिसो बढ्दै गएको भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले शनिबार जनाएको छ । विभागले पञ्जाबको अधिकांश भागहरूमा ७–१०डिग्री सेल्सियसको दायरामा न्यूनतम तापमान रेकर्ड गरेको छ । राष्ट्रिय मौसम पूर्वानुमान एजेन्सीका अनुसार शनिबार बिहान दिल्ली, राजस्थान र मध्ये प्रदेशका लगायतका क्षेत्रको तापक्रम ७–१० डिग्री सेल्सियसको बीचमा रहेको बताएको छ । कडा चिसोले उत्तर भारतको विशाल भागलाई चपेटामा परेको छ । बाक्लो कुहिरोले शहरहरू ढाकेको छ । स्थानीयहरू न्यानोको लागि आगोको वरिपरि झुम्मिरहेको दृश्य देखिन्छ । उत्तर प्रदेशको प्रयागराज, जयपुर, राजधानी लगायतका शहरहरू शनिबार बिहान सित लहरसँगै बाक्लो कुहिरो लागेको थियो । पञ्जाब, हरियाणा, दिल्ली, उत्तर प्रदेश, बिहार, उत्तर राजस्थान लगायतका क्षेत्रमा बिहानी समयमा बाक्लो कुहिरो भारतको मौसम विज्ञान विभाग (आईएमडी) द्वारा कैद गरिएको थियो । मौसम विभागले डिसेम्बर ३० देखि जनवरी दुई सम्म जम्मू–कश्मीर–गिलगिट–बाल्टिस्तान– हिमाचल प्रदेश,उत्तराखण्डमा अधिक कुहिरो लाग्ने सम्भावना उल्लेख गरेको छ । बाक्लो कुहिरोका कारण यात्रुहरूले पनि कठिनाइको सामना गर्नु परेको छ । धेरै उडान तथा रेलहरू कम दृश्यताका कारण ढिलो र परिवर्तन भएका छन् । स्रोतका अनुसार शनिबार बिहान ८ः३० बजेसम्म दिल्लीको आईजीआई एयरपोर्टमा मौसमको अवस्थाका कारण करिब ८० उडानहरू ढिलाइ भएको बताइएको छ । शनिवार कुहिरो तथा खराब बातावरणको कारण जनकपुरधाममा समेत हवाई जहाज अवतरण गरिएको थिएन । अहिले स्थानिय सरकारले जनताको समस्यालाई ध्यान दिदै न्यानो कपडा तथा दाउरा बाँडनु पर्ने आवश्यकता रहेको देखिन्छ । किनभने यतिबेला जाडो तथा अत्यधिक चिसो कारणले जरुतमन्द व्यक्तिहरु अकाल मृत्यु पाएका हुन्छन् । अहिले सामान्य व्यक्तिहरुले समेत न्यानो कपडा कपडा लगाउने,झोलिलो खानेकुरा खानुपर्ने,हिटर वा दाउराबाट शरिर न्यानो राख्नुपर्दछ ।