नव वर्ष २०२४ को आगमनसँगै समुन्नति छाओस् – Jaleshwortoday

नव वर्ष २०२४ को आगमनसँगै समुन्नति छाओस्

 १६ पुष २०८०, सोमबार २३:२६  
Untitled

  • प्रा.पवन कुमार साह

नयाँ वर्ष २०२४ लाई विश्वभर स्वागत गरी भव्य रुपमा विभिन्न कार्यक्रमहरु गरी फस्ट जनवरी मनाइएको छ । हाम्रा छिमेकी राष्ट्रहरु सहित विश्वका साना ठूला सबै देशहरुले २०२४ लाई नव वर्षको रुपमा मनाएका छन् । नेपालमा बैशाख १ गते नव वर्ष मनाइने भन्दा बढी फस्ट जनवरी मनाउने बढी देखिन्छन् । यसको प्रमुख कारणको रुपमा फस्ट जनवरी अन्तर्राष्ट्रिय नव वर्ष भएको कारणले गर्दा यसको महत्व तथा लोकप्रियता बढी रहेको बुझिएको छ ।
हुन त केही देशहरू छन् जहाँ नयाँ वर्ष उत्सव सबैभन्दा पहिला सुरु हुन्छ । सम्पूर्ण विश्वलाई २४ वटा टाइम जोनमा विभाजन गरिएको छ, त्यसैले विभिन्न समय क्षेत्रका आधारमा विभिन्न देशहरुमा नयाँ वर्ष मनाइन्छ । प्रशान्त महासागरमा सबैभन्दा पहिला नयाँ वर्षको उत्सव सुरु हुन्छ । सन् २०२४ को नयाँ वर्षको पहिलो उत्सव प्रशान्त महासागरको एउटा सानो टापु देश किरिबाटीको लाइन टापुमा मनाइएको छ । नेपाली समयअनुसार आइतबार दिउँसो ३ः४५ बजेदेखि लाइन टापुमा नयाँ वर्ष शुरु भएको हो ।
नव वर्ष २०२४ आगमनसँगै नेपालमा सबैतिर समुन्नति छाओस् भनी शुभकामना सहित पशुपतिनाथसँग प्रार्थना गर्दछौं । यसको लागि धार्मिक आस्थाको साथै मानवीय कर्म पनि अपरिहार्य हुन्छ । त्यसकारण समुन्नति ल्याउन सबै शिर्षनेताहरुको मनमस्तिष्कमा ज्ञानको ज्योति यस्तो छाओस् की नेपालको अहिलेको आर्थिकमन्दी आर्थिक समुन्नतिमा रुपान्तरित होस् । यसको लागि जनता जनार्धनले समेत देशको कमजोर अवस्थालाई उकास्न स्थानिय तबरबाट सकारात्मक भई सहयोग गर्नुपर्छ ।