पर्यटकको आगमनले अर्थतन्त्र समुन्नत हुने – Jaleshwortoday

पर्यटकको आगमनले अर्थतन्त्र समुन्नत हुने

 १८ पुष २०८०, बुधबार ००:१०  
Untitled

  • प्रा.पवन कुमार साह

नेपालको आर्थिकमन्दीलाई पर्यटकीय आगमनले अर्थतन्त्र समुन्न गर्न सकिन्छ । अहिले जनवरीको सिजनमा समेत नेपालमा सबै नाकाबाट पर्यटक आउने क्रम जारी नै देखिन्छ । विभिन्न साँस्कृतिक तथा धार्मिक शहर जनकपुरधाम,काठमाडौं,पोखरा,लुम्बिनी लगायत यहाँको विभिन्न ठाउँहरुकमा पर्यटकहरु आउने क्रम बढेको देखिन्छ । यसले नेपालको अर्थतन्त्रमा साकारात्मक प्रभाव पार्ने विज्ञहरुको सल्लाह रहेको छ ।
नेपालमा पर्यटक भित्र्याएर सरकारको लक्ष्य पूरा गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न दूतावासलाई पत्राचार गरी धन्यवाद दिएको हो । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै निजी क्षेत्र लगायत सरोकारवाला सबैलाई धन्यवाद दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालको आर्थिक समृद्धिको सपनालाई पर्यटन मार्फत साकार पार्न दूतावासहरूले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । नेपाल सरकारले सन २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । सन २०२३ मा १० लाख १४ हजार ८ सय ७१ पर्यटक भित्र्याउन सफल भएको हो ।
यसै गरी यस वर्ष २०२४ मा समेत २० लाख जति पर्यटक भित्र्याउने लक्ष्य राखेर विभिन्न किसिमका नीति तथा रणनीति बनाएर पर्यटकहरुलाई तान्न सकिन्छ । यसको लागि यहाँको प्रमुख धार्मिक तथा साँस्कृति शहरहरुलाई अझै सुविधायुक्त तथा सफासुग्घर राखेर यी ठाउँहरुको अनलाइन मार्फत तथा अन्य संजाल मार्फत प्रचारप्रसार गर्न आवश्यक रहेको देखिन्छ ।