
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १७ पौष
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा रहेका प्रसिद्व लक्ष्मी नारायण मठमा रहदै आईरहेका साधुहरुलाई आज एक समारोह बीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले कम्बल वितरण गर्नुभएको छ । मधेश प्रदेशमा केहि दिन देखि बढेको चिसोबाट प्रभावित भएका साधुहरुको समस्यालाई मध्यनजर गर्दै उनीहरुलाई राहत स्वरुप कम्बल वितरण गरिएको कुरा नगर प्रमुख मंडलले बताउनु भयो।त्यसै क्रममा पीर बाबा मजारको सरसफाई तथा रेखदेख गर्दै आई रहेका हसन फकीरलाई पनि कम्बल बितरण गरिएको छ । त्यसै गरी ५० वर्षीय शिवसरण दासले आफु कम्बल पाए पछि खुशी ब्यक्त गर्नुभयो ।उक्त कार्यक्रममा जम्मा ४० जना साधुहरुलाई कम्बल वितरण गरिएको कुरा नगरपालिकाले जनाएको छ । उक्त कार्यक्रममा मटिहानी नगरपालिका वड़ा नं. ६ र ८ का वड़ा अध्यक्ष क्रमशः कलीम अंसारी र रितेश साह, शिक्षा शाखा प्रमुख चन्देश्वर साह, राजकीय संस्कृत मा.वि. का प्र.अ. ईश्वरी पौडेल लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।