बरहथवा नगर कार्यपालिकाको बैठकको निर्णयहरु कार्यान्वयनको माग – Jaleshwortoday

बरहथवा नगर कार्यपालिकाको बैठकको निर्णयहरु कार्यान्वयनको माग

 १८ पुष २०८०, बुधबार २३:४२  
1

राधेश्याम कुशवाहा
सर्लाही, १८ पौष

बरहथवा नगरपालिकामा कार्यपालिकाको बैठकबाट गरिएका निर्णयहरु कार्यान्वयनको माग राख्दै पाँच दलले विरोध रैली निकाल्दै प्रदर्शन गरेका छन् । बरहथवा नगरपालिका वडा नम्वर ६ स्थित प्राथमिक स्वास्थ केन्द्रलाई ५० शैंयाको लागि भएको नगरपालिका बोर्डका निर्णयको कार्यन्वयनको माग राख्दै विरोध रैली निकाल्दै प्रदर्शन गरिएका हुन् ।
बरहथवा नगरपालिकाको कार्यलयको अगाडी उद्योग वाणिज्य संघ बरहथवा, जनमत पार्टी, नेपाली काँग्रेस, जसपा नेपाल, लोसपा नेपाल, बहुजन एकता पार्टी नेपाल सहितको ५ दलले संयुक्त शान्तिपूर्ण रुपमा विरोध रैलीको साथै प्रदर्शन गरेको छ ।प्राथमिक स्वास्थ केन्द्रलाई प्रदेशलाई हस्तान्तरणको माग राख्दै धेरै संख्यामा पाँच वटा दलका कार्यकर्ता, सर्वसाधारणहरुको सहभागिता रहेको छ । विरोध प्रदर्शनलाई मध्यनजर राख्दै नगरपालिका सहित आसपास क्षेत्रमा भारी सख्यामा सुरक्षाकर्मीहरुको परिचालन गरिएका छन् । अहिले पुनः बरहथवा नगरपालिकाको कार्यपालिका बैठक बसेको छ । कार्यपालिका बैठकमा पनि पटकपटक आन्तरिक विवाद तथा भनाभन हुँदै आएको श्रोतबाट बुझिएको छ । कार्यपालिकाको बैठक प्राथमिक स्वास्थ केन्द्रलाई ५० शैंयाको स्तरोन्नतिको निर्णय विपरीत आएको कडा प्रतिकार गर्ने मेयर प्रत्याशी बिगु चौधरीले बताए । माग पूरा नभएसम्म अनिश्चितकालीन आन्दोलन घोषणा गर्दै उनले चक्काजाम लगायत कार्यक्रम गर्न अत्याधिक संख्यामा सर्वसाधारणलाई मेयरको निर्णयको विरोध उतार्ने चेतावनी दिए । बरहथवा नगरपालिकाको कार्यपालिकाको २०७९ असोज ९ गते बसेको बैठकले निर्माणधिन नगर अस्पताललाई स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय भएको थियो ।

तर स्थानीय सरकार प्रमुखले कार्यपालिकाको बहुमतले गरेको निर्णयबाट पन्छिएपछि विवाद सुरु भएको बताइएको छ । जनमत पार्टी राष्ट्रिय परिषद सदस्य त्रिभुवन सिंहले माग पुरा नभएसम्म अनिश्चितकालीन अनशनमा बस्ने चेतावनी दिए ।यस विषयमा बरहथवा नगरपालिकाको नगरप्रमुख कल्पना कटुवालले भोली बुधवार पत्रकार सम्मेलन गर्ने भएको बताइएको छ । बरहथवा नगर अस्पताललाई प्रदेशमा हस्तान्तरणको माग राख्दै नेपाली काँग्रेसद्वारा मंसिर २६ गते प्रदर्शन गरेको थियो।यसअघि, गत मंसिर २६ गते नेपाली काँग्रेसद्वारा बरहथवा नगरपालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश सरकारको मातहतमा हस्तान्तरण गर्ने माग राख्दै बरहथवामा वरोध प्रदर्शन गरेका थिए । बरहथवा नगरपालिका वडा नम्वर ६ मा रहेका प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश सरकारलाई हस्तान्तरणको विषयलाई लिएर नेपाली काँग्रेसले प्रदर्शन गरेको थियो । नेपाली काँग्रेस बरहथवाका नगर कार्य समितिको कार्यलयबाट सुरु भएको विरोध रयाली नगरपरिक्रममा गर्दै बैल बजारमा पुगेर कोण सभामा परिणत भए । साविक प्राथमिक स्वास्थ्य केन्द्र र हालको निर्माणधिन १५ बेडको नगर अस्पताललाई ५० बेडको अस्पतालमा स्तरोन्नतिका लागि सहमती अनुसार प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने उनीहरुले माग गर्दै विरोध प्रदर्शन गरेको बताइएको छ । प्रदेश सरकारबाट निर्माणाधिन १५ बेडको नगर अस्पतालको ५० बेडमा स्तरोन्नति हुनु बरहथवावासीको लागि सौभाग्यको कुरा रहेको जमिन दाता महोम्मद अफताब आलमले जानकारी दिए ।५० बेडको अस्पताल भएमा यहाँ आईसियु, भेन्टिलेटर, डायलोसिस, सिटिस्क्यान र पोस्टमार्टम जस्ता सेवाहरु सुचारु हुँदा यहाँको बासिन्दाहरुलाई बाहिर जानुपर्ने अवस्थाबाट छुटकारा पाउने विश्वास उनको रहेको छ । बरहथवा नगर कार्यपालिका बैठकमा भएको सहमती विपरीत मेयरले चिठी रोकेको मेयर प्रत्याशी तथा विरोध रयालीको नेतुत्वकर्ता बिगु चौधरीले बताए । नगरपालिकाको मेयर र केही मेडिकल माफिहरुले ५० बेडको अस्पताललाई नगरअस्पतालमै सिमित राख्न खोजेको उनको आरोप छ । स्थानीय सरकार विकासको बाधक रहेको टिप्पणी गर्दै माग पूरा नभएसम्मा आन्दोलन जारी रहने उनले चेतावनी दिए ।