जाडो छल्न मेयर मण्डलद्वारा मोलबीहरुलाई कम्बल वितरण – Jaleshwortoday

जाडो छल्न मेयर मण्डलद्वारा मोलबीहरुलाई कम्बल वितरण

 २० पुष २०८०, शुक्रबार ०१:०१  
555

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १९ पौष

महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा रहेका मस्जिद मदरसामा रहदै आईरहेका इस्लाम धर्मका धर्म गुरु मोलबीहरुलाई आज एक समारोह बीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले कम्बल वितरण गर्नुभएको छ । तराईमा केहि दिन देखि बढेको चिसोबाट प्रभावित भएका मोलबीहरुको समस्यालाई मध्यनजर गर्दै उनीहरुलाई राहत स्वरुप कम्बल वितरण गरिएको कुरा नगर प्रमुख मंडलले बताउनु भयो।त्यसै गरी ३५ वर्षीय मोलबी तहसीन रेजाले आफु कम्बल पाए पछि खुशी ब्यक्त गर्नुभयो । यस अघि मटिहानी नगरपालिकामा रहेका प्रसिद्व लक्ष्मी नारायण मठमा रहदै आईरहेका साधुहरुलाई पनि कम्बल बितरण गरिएको थियो ।
उक्त कार्यक्रममा मटिहानी नगरपालिका भित्रका जम्मा १८ जना मोलबीहरुलाई कम्बल वितरण गरिएको कुरा नगरपालिकाले जनाएको छ।उक्त कार्यक्रममा मटिहानी नगरपालिका वड़ा नं. ६ का वड़ा अध्यक्ष कलीम अंसारी ,प्रमुख प्रशासकिय अधिकृत चन्द्रशेखर शर्मा, शिक्षा शाखा प्रमुख चन्देश्वर साह, लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।