सर्लाहीको बरहथवामा गोली चल्दा एक जनाको ज्यान गयो – Jaleshwortoday

सर्लाहीको बरहथवामा गोली चल्दा एक जनाको ज्यान गयो

 २१ पुष २०८०, शनिबार ००:१९  
1

जलेश्वरटुडे समाचारदाता
सर्लाही, २० पौष

सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाएको छ । स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्याकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो । प्रदर्शन कारीहरूले गोली लागेर एक जनाको ज्यान गएको बताएका छन् । ज्यान गुमाउनेमा बरहथवा–५ का जयशंकर शाह रहेका छन् । प्रहरीले भने एक जनाको ज्यान गएको खबर प्राप्त भए पनि पहिचान भइनसकेको बताएको छ ।