जलेश्वरटुडे समाचारदाता
जलेश्वर, २० पौष
नेपाल धानुक समाज महोत्तरीले शुक्रबार नयाँ कार्य समिति गठन गरेको छ । जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाल पत्रकार महासंघको सभाहलमा शुक्रबार नेपाल धानुक समाज महोत्तरीको तेस्रो जिल्ला सम्मेलनबाट नयाँ कार्य समिति गठन गरेको हो । नेपाल धानुक समाज महोत्तरीको नयाँ कार्य समितिको अध्यक्षमा बौएलाल मण्डल, उपाध्यक्षमा रीना देवी, वरिष्ठ उपाध्यक्षमा श्रीनारायण मण्डल, सचिवमा अशोक मण्डल, सह सचिवमा रामवीर मण्डल र कोषाध्यक्षमा लक्ष्मण मण्डल चुनिनु भएको हो ।
त्यसैगरी सदस्यहरुमा रामदिनेश मण्डल, चन्देश्वर मण्डल, राज नारायण मण्डल, रामबाबु मण्डल, निलम कुमारी, संजय मण्डल, रामईकवाल मण्डल, विरेन्द्र मण्डल, रामशरण मण्डल लगायत १५ जना रहेका छन् ।
केन्द्रिय उपाध्यक्ष चन्दुदेवी मण्डलको प्रमुख आतिथ्य, केन्द्रिय सदस्य तेज नारायण मण्डलको विशिष्ठ आतिथ्य र अन्य आगन्तुक अतिथिहरुको उपस्थितीमा सम्पन्न समाजको तेस्रो जिल्ला अधिवेशनले २१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।
नेपाल धानुक समाज महोत्तरीको नयाँ कार्य समिति चयनका लागि भएको तेस्रो जिल्ला अधिवेशनको अध्यक्षता धानुक जातिका उपस्थित व्यक्तित्वहरु मध्येका ज्येष्ठ नागरिक विन्देश्वर मण्डलले गर्नुभएको थियो ।