माँग पुरा नभए चरणबद्ध रुपमा आन्दोलनमा जानेः ई—रिक्सा मजदुर संगठन अध्यक्ष महतो – Jaleshwortoday

माँग पुरा नभए चरणबद्ध रुपमा आन्दोलनमा जानेः ई—रिक्सा मजदुर संगठन अध्यक्ष महतो

 २३ पुष २०८०, सोमबार ००:४८  
39559ba3-b858-48f9-9ea6-1d273118e344

जलेश्वरटुडे समाचारदाता
धनुषा, २२ पौष

ई—रिक्सा मजदुर संगठन धनुषाको अध्यक्ष विरेन्द्र कुमार महतोले आफूहरुको माँग पुरा नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । आइतबार ६ बुँदे माँगहरु सार्वजनिक गर्दै धनुषा प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेलाई अध्यक्ष महतोले ज्ञापन पत्र बुझाएका थिए । महतोको अनुसार २०८० साल कार्तिक १५ गते बसेको संगठनको बैठकबाट ६ बुँदे माँगहरु सहितको ज्ञापन पत्र बुझाउने निर्णय बमोजिम यो ज्ञापन पत्र बmुभाइएको हो । ज्ञापन पत्रमा ई—रिक्सा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अन्तर्गत दर्ता हुनुपर्ने,चालकलाई अनुमति पत्र प्रदान गर्नु पर्ने,जनकपुरधाममा ई—रिक्सा चालक स्टेण्ड हुनुपर्ने,चालकहरुलाई सैफ्टी पोशाक उपलब्ध गराउनु पर्ने,चालकहरुलाई स्वास्थ्य जाँच तथा विमा सुविधा उपलब्ध गराउनुपर्ने तथा छलफल गरी जनकपुरधाम उपमहानगरपालिकाले निश्चित भाडा दर कायम गर्नुपर्ने माँगहरु लेखिएको छ ।