जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २१ मंसिर
भंगहा नगरपालिका ५ सीतापुर बजारमा दुर्गा मन्दिरको निर्माण प्रारम्भ भएको छ । नगरपालिकाको ५० लाखको लागतमा दुर्गा मन्दिरको निर्माण प्रारम्भ भएको हो । शनिबार एक समारोहबीच भंगहा नगरपालिकामा मेयर संजिवकुमार साहले शिलान्यास गरेका छन् । केहि महिना भित्रै मन्दिर निर्माण हुने मेयर साहले बताए । सीतापुर बजारमा प्रत्येक वर्ष दशैंका दुर्गा पूजा एवं ठूलो मेला लाग्ने गरेको पुरानो मन्दिर जीर्ण भइसकेकाले आकर्षक मन्दिर निर्माण गर्न लागेको मेयर साहको भनाइ छ ।