राष्ट्रियसभाका १९ सिटमा कडा प्रतिस्पर्धा – Jaleshwortoday

राष्ट्रियसभाका १९ सिटमा कडा प्रतिस्पर्धा

 २४ पुष २०८०, मंगलवार ००:१२  
Untitled

  • प्रा.पवन कुमार साह

माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका सत्ता गठबन्धन सम्बद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले सातै प्रदेशमा साझा उम्मेदवार खडा गरेका छन् । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा मजदुर किसान पार्टी, जनमत पार्टी एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । एमालेले सातै प्रदेशका १९ सिटमा उम्मेदवारी दिएको छ भने राप्रपा, नेमकिपा र जनमतले केही प्रदेशमा मात्र उम्मेदवारी दिएका छन् । कोशी प्रदेशका २ सिटका लागि पाँच जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्कीले मनोनयन दर्ता गरेका छन् । एमालेबाट कोशी प्रदेशको अन्यतर्फ परशुराम अधिकारी र महिलातर्फ रुक्मिणी कोइरालाले उम्मेदवारी परेको छ । राप्रपाबाट कोशी प्रदेशमा अन्यतर्फ उद्धव पौडेलले मात्र उम्मेदवारी दिएका छन् । अब कोशीमा अन्यतर्फ तीन जना र महिलातर्फ २ जना बिच प्रतिस्पर्धा हुने छ । मधेस प्रदेशमा पनि राष्ट्रियसभाका २ सिटका लागि ५ जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट अन्यतर्फ कांग्रेसका आनन्द ढुंगाना र महिलातर्फ जसपाकी पूजा चौधरीले मनोनयन दर्ता गराएका छन् । यस्तै एमालेबाट अन्यतर्फ विजेता झा र महिलातर्फ उषादेवी थरुनी उम्मेदवार बनाएको छ । यहाँ जनमत पार्टीका अन्यतर्फ रामशंकर महासेठको उम्मेदवारी परेको छ । मधेस प्रदेशको अन्यतर्फ ढुंगाना, साझा र महासेठबिच भिडन्त हुने छ भने महिलातर्फ चौधरी र थारुनी बिच प्रतिस्पर्धा हुने छ । यस्तै बागमती प्रदेशमाका ४ सिटका लागि १५ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । गण्डकी प्रदेशका ३ सिटमा ८ जनाको उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेशमा दुई सिटका ७ जनाको उम्मेदवारी परेको छ । कर्णाली प्रदेशका ३ सिटमा ६ जनाको उम्मेदवारी परेको छ । सुदूरपश्चिम प्रदेशका तीन सिटमा ६ जनाको उम्मेदवारी परेको छ । यस्तै राप्रपाले कोशीमा महिला, बागमतीमा दलित र गण्डकीमा अपाङ्गतर्फ उम्मेदवारी दिएको छैन । यस्तै मधेस, कर्णाली र सुदूरपश्चिममा पनि राप्रपाको उम्मेदवारी परेको छैन । राष्ट्रियसभाको १९ सिटका लागि ५२ जनाले उम्मेदबारी दर्ता गराएका छन् भने ७ वटै प्रदेशमा उम्मेदबारहरु वीच कडा प्रतिस्पर्धा देखिने भएको छ । साना दललाई समेत समेटी आएको परिणाम महत्वपूर्ण हुने छ । उम्मेदबारी दिन ठूला दलले चासो राख्नु स्वभाविक भएकोले साना दलहरुले समेत उम्मेदबारीको लागि तत्परता देखाउनु जरुरी देखिन्छ ।