जलेश्वरमा २६ औं भु—कम्प सुरक्षा दिवस मनाइयो – Jaleshwortoday

जलेश्वरमा २६ औं भु—कम्प सुरक्षा दिवस मनाइयो

 ३ माघ २०८०, बुधबार ००:१३  
1

जलेश्वरटुडे समाचारदाता
जलेश्वर, २ माघ

महोत्तरीको जलेश्वर नगरपालिका वडा २ स्थित महेन्द्र चोक बाट जिल्ला बिपद ब्यबस्थापन समिती महोत्तरीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटि महोत्तरीको सहाकार्यमा २६औं भु–कम्प सुरक्षा दिवस मनाइएको छ । सो अवसरमा महोत्तरी जिल्लाको प्रमुख जिल्ला अधिकारी शिबराम गेलालको अध्यक्षतामा २६औं भुकम्प दिवस सफल पारौ नाराका साथ जलेश्वर नगरपालिका वडा ९ स्थित श्री रणभिम गणमा भु—कम्प सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख सुरेश साह सोनार अतिथी रणभिम गणका गणपति प्र.से. विषेश पौडेल , नेपाल रेडक्रस सोसाइटीका सभापति दीपक मिश्र , सशस्त्र प्रहरी बलका स.प्र.उ. लेखनाथ खनाल,राष्ट्रिय अनुसन्धान अनुसन्धान उप निर्देशक दिलिप कुमार सिंह , नेपाल प्रहरिका प्र.ना.उ. दिलिप गिरि लगायत विभिन्न सुरक्षा निकाय सहित ७० जनाको सहभागितामा कार्यक्रम समापन भएको थियो । कार्यक्रम समापन पश्चात नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, जिल्ला जनस्वास्थ्यको सहभागीतामा भु–कम्प पिडित तथा घाइतेहरुलाई उद्वार कसरी गर्ने भन्ने डेमो प्रदर्शन पश्चात् कार्यक्रम समापन भएको थियो ।