स्वभिमान दिवस साँची नै हाम्रो स्वभिमान बनोस् – Jaleshwortoday

स्वभिमान दिवस साँची नै हाम्रो स्वभिमान बनोस्

 ४ माघ २०८०, बिहीबार ००:१५  
Untitled

  • प्रा.पवन कुमार साह

२०७८ साल माघ ३ गतेको दिन मधेस प्रदेशको नामाकरणको साथै यस प्रदेशले राजधानी जनकपुरधाम पाएको खुशीयालीमा मधेस सरकारले स्वभिमान दिवस मनाउदै आएको छ । बुधबार मधेश सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला संस्कृति भवनमा स्वभिमान दिवसको कार्यक्रम आयोजना गरेको थियो । मुख्यमन्त्री सरोज कुमार यादवको अध्यक्षतामा संचालन भएको कार्यक्रममा मुख्यमन्त्री यादवले मधेस प्रदेशमा विगतमा भएको विकासात्मक कार्यप्रगति तथा अवका दिनहरुमा गर्ने कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । मधेस प्रदेशमै व्याप्त भ्रष्टाचारलाई हटाउन तथा सुशासन कायम गर्न गराउन सत्ता गठबन्धनका जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले कार्यक्रमै विरोध सहित नाराबाजि गरेका थिए । वास्तवमा यो स्वभिमान दिवसले हाम्रो प्रदेशको शान र गौरवलाई याद दिलाउदछ । तर हामी प्रदेशको नामाकरण मधेस र राजधानी जनकपुरधाम हुदै भएमा मात्तिनु पर्ने आवश्यकता नरहेको देखिन्छ । मधेस र मधेसीका लागि यस मधेस सरकारले अहिले पनि धेरै कामहरु गर्न बाँकी रहेका छन् । विकासका पूर्वाधारहरुमा आमूल परिवर्तनको आवश्यकता रहेको बखतमा प्रदेश सरकार बजेट पास गर्न गराउनमा नै धेरै समय खर्चिने गरेको पाइएकोले अव पनि यस वर्ष मुख्य मुख्य कामहरुमा ध्यान दिएर मधेसलाई समुन्नत,आत्मनिर्भर,विकासमुखि तथा उदाहरणीय बनाउन आवश्यक रहेको छ । समग्र देशमा आर्थिकमन्दी रहेको बखतमा मधेस प्रदेशलाई आर्थिक रुपमा सशक्त बनाउन नीति तथा रणनीतिहरु बनाएर भ्रष्टाचाररहित समाज निर्माणमा ध्यान दिन आवश्यक रहेको देखिन्छ । सत्तागठबन्धन वा विपक्षीको आलोचनालाई सकारात्मक रुपमा लिई प्रदेश सरकारले अगाडी बढन आवश्यक रहेको देखिन्छ ।