स्थानीय आर्थिक विकास कार्यक्रममा १०४ वटा स्थानीय तह छनोट – Jaleshwortoday

स्थानीय आर्थिक विकास कार्यक्रममा १०४ वटा स्थानीय तह छनोट

 ४ माघ २०८०, बिहीबार ००:२१  
5

मधेस प्रदेशमा एक्लो महोत्तरी जिल्ला यो सुविधा पाउँनबाट बञ्चित,आखिर दोषि को त ?

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ३ माघ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि १०४ वटा स्थानीय तह छनोट भएका छन् । नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम आर्थिक वर्ष २०८०÷०८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहहरूमध्ये तोकिएको योग्यता र आधार पुरा गरेका स्थानीय तहहरूलाई छनोट गरिएको मन्त्रालयले जनाएको छ । जसमा कोशी प्रदेशका २०, मधेस प्रदेशका १७, बागमती प्रदेशका १७, गण्डकी प्रदेशका ११, लुम्बिनी प्रदेशका १४, कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका ११ वटा स्थानीय तहहरू छनोट भएको मन्त्रालयको स्रोत परिचालन समन्वय शाखाका शाखा अधिकृत नमराज सापकोटाले दिए । उनका अनुसार २४२ वटा स्थानीय तहले निवेदन दिएका थिए । तर, कार्यविधिमा समावेश गरेको मापदण्ड पुरा गरेका १०४ वटालाई छानिएको हो । मधेस प्रदेशका एक्लो महोत्तरी जिल्ला चाहि यो सुविधा पाउँनबाट बञ्चित भएको बुझिएको छ । महोत्तरी जिल्लामा १५ वटा स्थानिय निकायहरु छन् जसमध्ये कुनै पनि पालिकाले यो विकासे बजेट पाउँन सकेका छैनन् । जिल्लाभरी मै नम्बर १ पालिकाको रुपमा चर्चित पालिका मटिहानी नगरपालिका पनि यो अवसर गुमाएको छ । आखिर महोत्तरी जिल्लामै यो समस्या किन आयो होला त ? यो अध्ययन तथा अनुसन्धानको विषयहरु छन् । पक्कै पनि विज्ञहरुले यसको बारेमा आफ्नो सुझाव दिनुपर्ने देखिन्छ । सामान्य प्रशासन मन्त्री अनिता देवी आफैँले निर्णय गरेर छनोट गरेकी हुन् । छनोट भएका स्थानीय तहहरूमा एकमुष्ट रूपमा ८८ करोड ५० लाख रुपैयाँ पठाइएको जानकारी सापकोटाले दिए ।